२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

४५ दिन भित्र पूँजी जुटाउन नयाँ लघु बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

४५ दिन भित्र पूँजी जुटाउन नयाँ लघु बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले ७ लघु बीमा कम्पनीहरुलाई संस्थापक समुह तर्फको पूँजी जुटाउन निर्देशन दिएको छ । प्राधिकरणले फागुन पहिलो साता सम्पुर्ण कम्पनीहरुलाई आगामी ४५ दिन भित्र तोकिएको पूँजी जुटाउन निर्देशन दिएको हो । कम्पनीहरुले बुझाएको प्रवन्धपत्र नियमावलीलाई अध्ययन गरेर प्राधिकरणले पूँजी जुटाउन निर्देशन दिएको एक अधिकारीले जानकारी दिए ।

कम्पनीहरुले संस्थापक समुह तर्फको ७० प्रतिशत पूँजी जुटाउनु पर्नेछ । पूँजी जुटाउदा शेयरधनीहरुले कर चुक्ता गरिएको र स्रोत खुल्ने रकमलाई मात्रै लगानी गर्न पाउने छन् । लघु बीमा कम्पनी स्थापनाका लागि पेश गरिएको प्रवन्धपत्र अनुसार कम्पनीहरुले पूँजी जम्मा गर्नु पर्नेछ । लघु बीमा कम्पनीका लागि न्युनतम चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकिएको छ । यहि पूँजीको न्युनतम ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ विद्यमान संस्थापकहरुले जुटाउनु पर्नेछ ।

यस हिसावले संस्थापक शेयरधनीहरुले ७ वटा कम्पनीका लागि तीन अर्ब ६७ करोड रुपैयाँ जम्मा गर्दै छन् । यसको अधिकाम्स रकम शेयर बजारबाटै बाहिरिनेछ । प्रायः कम्पनीका संस्थापकहरु बैंक वित्तीय क्षेत्रकै लगानीकर्ता छन् । कर कट्टा गरिएको र स्रोत खुल्ने रकम लगानी गर्नु पर्ने भएकाले उनिहरुले दोस्रो बजारबाट शेयर बिक्री गर्ने छन् ।

यदि ४५ दिन भित्रमा तोकिएको पूँजी जम्मा गर्न सकेमा कम्पनीले लाइसेन्स पाउने छन् । आधाभुत पूँजी जम्मा गरिसके पछि प्राधिकरणले लघु बीमा व्यवसाय सञ्चालका लागि आवस्यक पुर्वाधारण तयार पार्न निर्देशन दिनेछ । तोकिएको अवधि भित्र पुर्वाधार तयार पारिसके पछि लघु बीमा व्यवसाय सुरु गर्ने छन् ।

प्राधिकरणले मंसिर ११ गते चार निर्जीवन लघु बीमा कम्पनी र तीन वटा जीवन लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिएको थियो । प्राधिकरणले लाइसेन्स पाएका ७ कम्पनीलाई ३५ दिन भित्रमा प्रवन्धपत्र नियमावली तयार पारि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न निर्देशन दिएको थियो । सातवटैले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर नियमावली र प्रवन्धपत्र प्राधिकरणमा पेश गरिसकेका छन् ।

प्राधिकरणले लघु जीवन बीमा कम्पनी तर्फ गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफलाई लाइसेन्स दिएको छ । त्यस्तै लघु निर्जीवन बीमा कम्पनी तर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोएक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिएको छ ।

केहि कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृत पदका लागि कर्मचारी आह्वान समेत गरिसकेका छन् । त्यस्तै कतिपयमा आवस्यक जनशक्ति व्यवस्थापनको काम सुरु भइसकेको छ । कम्पनीको केन्द्रिय कार्यालयमा आफ्ना मान्छे भर्ति गर्नेदेखि लिएर बीमा प्राधिकरण तथा शक्तिशाली व्यक्तिहरुको आफ्ना मान्छे व्यवस्थापन गर्नेसम्मका काम सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij