आज मिति २०७७ साल वैशाख २१ गते आइतवार तदअनुसार मे -०३ २०२० ।
शाके संवत् १९४२ । प्रमादी (४७)नामकः संवत्सर । उतरायणं ।
वसन्त ऋतु । नेपाल संवत् ११४० वछला थ्व ।

वैशाख शुक्लपक्ष । तिथि – एकादशी (५३घ०२प) २:३८ बजे सम्म रहेकाे छ । तिथि देवता विश्वेदेव, त्यसपछि द्वादशी देवता विष्णु । नक्षत्र – पूर्वफाल्गुणी (३२घ१४प)१८:१८ बजे सम्म त्यसपछि उत्तरफाल्गुणी रहनेछ।
याेग- ध्रुवः (८घ४५प) ८:५५बजे सम्म त्यसपछि व्याघात रहेकाे छ ।
करण – वणिग( २५घ ५७प) १५:४८ बजे सम्म त्यसपछि विष्टि( ५३घ०२प) २:३८ बजे सम्म त्यसपछि वव : रहेकाे छ।
आनन्दादिमा छत्र याेग । श्री सूर्य मेषराशिमा र चन्द्रराशि- सिंह (४६घ१६प) २३:५५ बजे सम्म त्यसपछि कन्या, चन्द्रमाकाे वर्ण:,दिशा वर्ण राताे र दिशा पूर्व रहनेछ ।
काठमाडौंमा सुर्याेदय -५:२५बजे सुर्यास्त १८:३८बजे र दिनमान ३३ घडी ०३ पला रहेकाे छ ।
आज बेलुका ४:३०देखि ६:०० सम्म राहुकाल रहेकाे छ। आज कालराहुकाे दिशा उत्तर रहेकाे छ ।
आज वार शूल पश्चिम, याेगिनी शुल आग्नेय दिशामा परेकाे छ ।
आज स्मार्त्तानां माेहिनी एकादशी ब्रत, प्रेस स्वतन्त्रता दिवस भद्राकरण दिनकाे ३:४८ देखि रात्री २:३८ रहेकाे छ।
आजकाे लागि शुभ समय
शुभ समय दिउँसो १:४०बजे देखि ३:२० सम्म रहने छ ।
अमृत समय विहान१०:२२बजे देखि १२:०२सम्म रहने छ ।
आजकाे लागि शुभ दिशा उत्तर रहेकाे छ।
आजकाे लागि शुभ रङ राताे रहेकाे छ ।
आज राति ११:५५ बजेसम्म जन्मेका बालबालिकाकाे सिंह राशि र त्यसपछि कन्या राशि रहने छ ।