रासंसा, काठमाडौँ / स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष १०४ औं पटक रक्तदान गर्ने सन्चार क्षेत्रकै सबै भन्दा बढी पटक रक्तदान गर्ने केबि सम्राटको उपस्थितिमा मुलुकमा स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले १६२ औं पटक रक्तदान कार्यक्रममा सरिक हुनुभएको छ ।
गत शुक्रबार बागबजारस्थित ड्रिमल्याण्ड पब्लिक हाई स्कूलको आयोजित विशेष समारोहमा प्रेम सागर कर्मचार्यले १६२ औं पटक रक्तदान गर्नुभएकाे थियाे ।
सो समारोहमा १ सय ६२ औं पटक रक्तदान गर्ने कर्माचार्यलाई केन्द्रीय रक्तसञ्चार केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकारले रक्त संकलन थैली प्रदान गर्नुभएकाे थियाे ।
विश्वकै सबैभन्दा बढी पटक रक्तदान गरि आफ्नै रेकर्ड भंग गर्दै आउनुभएका कर्माचार्यलाई काठमाण्डौं महानगरपालिका २८ का वडाध्यक्ष भाइराम खड्गी प्रकाश र ड्रिमल्याण्ड पब्लिक हाइ स्कुलका प्राचार्य सुर्या राइले अभिनन्दन गर्नुभएकाे थियाे ।
सो समारोहमा ५० जना रक्तदाताले रक्तदान गरेका थिए भने गत शुक्रबारको रक्तदान कार्यक्रममा सहभागी रक्तदातालाई महिला स्वास्थ्य स्वयंसेविका २८ नं वडाले कोरोना महामारीबाट जोगिनका लागि न्युनतम स्वास्थ्य सामाग्री उपलव्ध गराईएकोथियो ।
सो अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाले एक थान पञ्जा, एक थान स्यानिटाइजर, मास्क र सावुन उपलव्ध गराएका थिए।
उनीहरुले कोरोना भाइरसबाट जोगिनका लागि न्युनतम स्वास्थ्यका उपायहरु कसरी अवलम्बन गर्ने भन्नेबारेमा समेत सचेतना गराएका थिए ।
उक्त रक्तदान कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका काठमाण्डौं शाखा सदस्य अनिल पान्डेसमेतले रक्तदान गरेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij