राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा बिहीबार सार्वजनकि गर्ने तयारी गरेको छ ।
यसअघि बोर्डले बुधबार नतिजा सार्वजनिक हुने बताएको थियो । तर प्राविधिक समस्याका कारण बुधबार नतिजा सार्वजनिक गर्न नसकिएको र बिहीबार सार्वजनिक गर्ने तयारी भैरहेको बोर्डले जनाएको छ ।
परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् । यसपटक बोर्डले नियमितको अक्षरांकमा र आशिंकको नम्बरमा नतिजा प्रकाशित गर्दै छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij