प्रचण्ड शाक्य, वरिष्ठ उपाध्यक्ष, नेपाल हस्तकला महासंघ
हस्तकला मुलुकको पहिचान स्थापना गराउँदै हाम्राे आर्थिक उन्नतिमा समेत महत्वपूर्ण याेगदान पुर्याउँदै आएकाे र थप सम्भावना बाेकेकाे क्षेत्र हाे । यतिबेला मुलुकभर लकडाउन भइरहँदा र अधिकांश उद्याेग व्यवसाय पूर्ण रूपमा ठप्प हुँदासमेत यस क्षेत्रमा आंशिक रूपमै भएपनि अधिकांश कामहरू निरन्तर चलिरहेका छन् । सीपमा आधारित व्यवसाय भएकाे र घरभित्रै बसेर समेत काम गर्न सकिने क्षेत्रमा कामकाे प्रकृति अनुसार न्यून पुँजीबाट समेत काम शुरू गर्न सकिन्छ । हस्तकला मूलतः निर्यातमूलक व्यवसाय हाे । याे सीप र कलामा आधारित छ । जुन केही हद सम्म जन्मजात प्रतिभामा आधारित हुने भएपनि निरन्तरकाे साधना र प्रशिक्षणबाट समेत यसलाइ विकास गर्न सकिन्छ । काम प्रतिकाे लगावले हस्तकलाजन्य क्षेत्रमा थप उपलब्धि हासिल गर्न सकिन्छ ।
याे व्यवासय अहिले देशैभर फैलिएपनि मुख्य क्षेत्रकाे रूपमा काठमाडाैं उपत्यकालाइ नै चिन्ने गरिन्छ । बाह्य जिल्लाहरूमा हस्तकलाजन्य वस्तुहरू उत्पादन, प्रवर्द्धन र बजारीकरण हुन नसक्नुका विभिन्न समस्याहरू छन् ।
पछिल्ला बर्षहरूमा नेपाल हस्तकला महासंघ तथा नेपाल उद्याेग वाणिज्य महासंघ र नेपाल सरकार मातहतका विभिन्न निकायहरूकाे सहकार्यमा विभिन्न जिल्लागत उद्याेग वाणिज्य संघहरूसँग सहकार्य गरी बाह्य जिल्लामा उत्पादन भएका हस्तकलाजन्य वस्तुहरूकाे प्रदर्शनी र प्रवर्द्धनलाइ विशेष जाेड दिँदै आइएकाे छ ।
आगामी दिनमा पर्यटकीय क्षेत्रहरूमा हस्तकलाजन्य वस्तुकाे विक्री, प्रदर्शनी र प्रवर्द्धनकाे लागि काेशेली घर स्थापना गर्नुपर्ने आवश्यकता नेपाल हस्तकला महासंघले महसुस गरिरहेका छ ।
काेराेना सङ्कटसँगै हस्तकला क्षेत्रकाे लागि विभिन्न सम्भावनाहरू पनि थपिने निश्चित छ ।
विदेशी भूमीबाट वेराेजगार भइ नेपाल फर्कने युवाहरूकाे लागि ठूलाे राेजगारी सृजना हुने उद्याेगकाे रूपमा समेत यसलाइ विकास गर्न सकिने अवस्था छ।
हस्तकला क्षेत्रलाइ आगामी दिनमा निम्न तथ्यकाे आधारमा सम्भावनायुक्त क्षेत्रकाे रूपमा हेर्न सकिन्छ ।
१ रोजगारी व्यवस्थापन
विदेशबाट राेजगारी गुमाएर नेपाल फर्किनेहरूकाे लागि राेजगारी सृजनामा हस्तकला क्षेत्रले महत्वपूर्ण येागदान पुर्याउन सक्छ ।
वैदेशिक राेजगारीमा रहँदा आफूले सिकेकाे सीपमा आधारित हस्तकलाजन्य वस्तु उत्पादन एवं सीप हस्तान्तरण र प्रशिक्षण क्षेत्रमा उनीहरूलाइ परिचालन गर्न सकिन्छ । जाे सँग जुन कुराकाे ज्ञान छ त्यसलाइ त्यही क्षेत्रमा लगाउन सके आगामी दिनमा राज्यलाइ राेजगारी व्यवस्थापनमा त्यति कठिनाइ नहुन सक्छ ।
२ काेशेली घर स्थापना
नेपाली परम्परागत कलाकाे प्रवर्द्धन बाह्य जिल्लाहरूमा हुन नसकेकाे अवस्थामा पूर्व देखि पश्चिम सम्म नै हाम्रा मुख्य पर्यटकीय गन्तव्यस्थलमा काेशेली घर स्थापना गरी सामान विक्री तथा प्रदर्शनीकाे व्यवस्था गर्न सकिने । जसबाटले दुई सय भन्दा बढीले रोजगारी पाउन सक्छन् ।
३ स्थानीय रूपमा उपलब्ध स्राेतसाधनकाे प्रयाेगः
गाउँघरमा खेर गइरहेका प्राकृतिक रेसाजन्य वस्तुहरूकाे पहिचान र प्रवर्द्धन गर्नु जरूरी छ । जलकुम्भी झार, अल्लाे, हेम, बेतबाँस, केराकाे डाँठ र पात लगायतकाे पहिचान एवं स्थानीय जनताहरूलाइ यसबारे जानकारी गराउन र आकर्षित गर्न प्रशिक्षणमूलक कार्यक्रम उपलब्ध गराउन सकिन्छ ।
४ अन्य प्रवर्द्धनात्मक कार्यक्रमहरू
नेपालमा उत्पादित हस्तकलाजन्य सामानलाइ नेपालकाे तुलनामा युराेपियन लगायत देशहरूमा तुलनात्मक रूपमा ५ देखि १० गुणा सम्म महँगाेमा बेच्न सकिन्छ । साेही बमाेजिमका प्रवर्द्धनात्मक कार्यक्रम ल्याउन सकिन्छ ।
मुख्यतः ललितपुर कला नगरीकाे रूपमा नै चिनिन्छ । यस नगरीकाे अलावा अन्य क्षेत्रमा समेत उत्कृष्ट कलाकारलाई प्राेत्साहन मिल्ने किसिमका कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ । नेपाल सरकारले नेपाली उत्पादनलाई प्राेत्साहन गरी उत्पादन गर्ने नीति अवलम्बन र प्रवर्धन गर्न जरूरी छ । आफूमा भएका कमजोरीहरुलाई सुधार गर्दै हाम्रो उत्पादनकाे गुणस्तरीयता अभिवृद्धि गर्नुपर्ने जरूरी समेत छ । यसकेा लागि निरन्तर अभ्यास र प्रशिक्षण नै प्रभावकारी हुने गर्दछन् ।
यसकाे अलावा समयानुकुल हाम्रा हस्तकलाजन्य सामानकाे डिजाइन परिवर्तन गरी विकास गर्नसके यसले पनि हाम्राे लागि उपलब्धिमूलक भूमिका नै निर्वाह गर्न सक्छ ।
शाक्य परम्परागत हस्तकला प्रशिक्षण केन्द्रका सञ्चालक समेत हुनुहुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij