चलचित्र ‘कान्छी’ ले दर्शकहरुको राम्रो साथ पाएको छ । स्टारकास्ट र “चरी चट्ट परी” , “यो ज्यान दाउमा” दुई चर्चित गीतहरुको कारण पनि चर्चामा आएको ‘कान्छी’ ले दर्शकको उल्लेखनिय साथ पाउँदै ८० प्रतिशत माथिको अकुपेंन्सी कायम गरेको बताईएको छ । ‘कान्छी’ को यो अकुपेंन्सी सोचे भन्दा बढि भएको हो यसमा दुईमत छैन ।राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण, गंगा लगायत हलहरु हाउसफूल रहेको वितरक गोपालकाजी कायस्थले बताए । राजधानी बाहिर पनि ‘कान्छी’ का लागि दर्शकको उपस्थिति राम्रो रहेको बताईएको छ ।

पारिवारिक कथाबस्तु , प्रेम तथा समाजमा उठान समस्यालाई देखाईएको चलचित्रलाई दर्शकहरुले सकरात्मक प्रतिक्रिया दिएका छन् । ‘कहाँ भेटिएला’ र ‘कोहीनुर’ जस्तो सफल चलचित्रमा अभिनय गरिसकेकी स्वेताको यो चलचित्र कमव्याक मानिएको थियो । रिलिज अगाडी नै आफनो लगानीसमेत सुरक्षित गरिसकेको ‘कान्छी’ बाट स्वेताको कमव्याक सार्थक बनिसकेको छ ।
रिलिजपछिको कलेक्सन पुर्णतय नाफामा जाने दाबी गरिएको ‘कान्छी’ पुर्णतय पारिवारिक चलचित्र भएको कारणले पनि यो चलचित्रले अझै दर्शक बढाउँने विश्वास गरिएको छ । चलचित्रकर्मीहरु र दर्शकहरुले पनि कान्छीको तारिफ गरेपछि स्वेता दंग छिन् । आकास अधिकारीले निर्देशन चलचित्रमा स्वेतासंगै दयाहाङ राई , भुमिका श्रेष्ठ , अनु शाह ,कामेश्वर चौरासीया , बिनोद न्यौपाने,सुजल गिरी लगायतको मुख्य अभिनय रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij