
स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेड (SMFBS) ले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल २१.०५२६ लाभांश वितरण गर्ने घोषणा गरेको छ।
लघुवित्तको माघ ११ गते साँझ ४:३० बजे बसेको संचालक समितिको ७३औं बैठकले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु १२ करोड १७ लाख ८२ हजार १ सय ५० को २०% ले हुने रु २ करोड ४३ लाख ५६ हजार ४ सय ३० बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.०५२६% ले हुने रु १२ लाख ८१ हजार ९ सय १७.३७ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।
संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले सो लाभांशमा दाबी गर्न पाउने छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij