२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

स्रोतसाधन र जनशक्तिको परिचालनबाटै समृद्धि हासिल गर्न सक्छौं: बस्नेत

स्रोतसाधन र जनशक्तिको परिचालनबाटै समृद्धि हासिल गर्न सक्छौं: बस्नेत

श्याम बस्नेत
कार्यवाहक उपाध्यक्ष, नीति तथा योजना आयोग, बाग्मती प्रदेश

नेपालका ७ प्रदेश मध्ये बाग्मती प्रदेश राजधानी प्रदेश समेत हो । यस प्रदेशको विकासका विकास गतिविधिहरु अत्यन्तै उत्साहजनक रुपमा अघी बढाइएको छ । उपलब्ध प्राकृतिक स्रोतसाधनको उच्च उपयोग गर्दै कृषि, जडिबुटी, जलस्रोत, वनजङ्गलमा आधारित उद्योग व्यवसायलाई यस प्रदेशले विशेष प्राथमिकतामा राखेको छ । यसको लागि जनशक्तिमा दक्षता एवं सीप विकास कार्यक्रमलाई यस प्रदेशले विशेष जोड दिएको छ । सीप, पँुजी र प्रविधिको उचित संयोजनबाट मात्रै हामीले चाहे बमोजिमको समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा विश्वस्त रहँदै आवश्यकता बमोजिमका क्षेत्रहरु

पहिचान गरी ती क्षेत्रहरुमा औचित्यतालाई विचार गर्दै विदेशी पुँजी, प्रविधि र क्षमतायुक्त जनशक्ति भित्र्याउने कार्यमा समेत यो प्रदेशले विशेष जोड दिएको छ ।
बाग्मती प्रदेश भित्र समृद्धिका आधारहरु समेत प्रशस्त मात्रामा छन् । बदलिँदो राजनीतिक परिवेश सँगसँगै जनताका अपेक्षाहरु समेत दिनानुदिन बढ्दै गएको र ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणा बमोजिम विकास कार्यक्रमहरु अघी बढाइएको अवस्थामा हाम्रो समृद्धिलाई साँच्चै सार्थक बनाउनको लागि क्षमतावान् जनशक्तिको उचित परिचालन समेत अपरिहार्य सर्त बनेको छ ।

यस विद्यमान अवस्थामा विकासको वृहद सन्दर्भलाई मध्यनजर राख्दै प्रदेश भित्रको समग्र विकासलाई अघी लैजाने सन्दर्भमा संघ, प्रदेश र स्थानीय तह बीच उचित संयोजन र सहकार्य हुनु निकै जरुरी छ ।

यस विद्यमान स्थितिमा संघीय सरकारको १५ औं आवधिक योजना र बाग्मती प्रदेशको पहिलो आवधिक योजनालाई सँगसँगै जोडेर अघी बढाउन लागिएको र यसको लागि बाग्मती प्रदेश भित्रका १ सय १९ तहको आवधिक योजना निर्माण गर्ने कार्यमा आफूहरु निरन्तर लागिपरेको बाग्मती प्रदेशका नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेत बताउनुहुन्छ । उहाँका अनुसार यसरी संयुक्त रुपमा कार्यक्रम अघी बढाउँदा बढी प्रभावकारी हुने र चाहे बमोजिम उद्धेश्य प्राप्तिमा पनि ठूलो सहयोग मिल्न सक्छ ।

प्रदेशका योजनाहरुलाई कसरी उच्चतम प्रभावकारी हुने गरी अघी बढाउँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा उपाध्यक्ष बस्नेतले प्रदेशमा उपलब्ध प्राकृतिक स्रोतको रुपमा रहेका जलस्रोत, वन, पर्यटन, खानी, कृषि लगायतमा नै आधारित उद्योगहरुलाई आफूहरुले विशेष प्राथमिकतामा राखेर कार्यान्वयन पक्ष समेतलाई विशेष प्रभावकारी बनाउँदै आफ्ना योजनाहरु कार्यान्वयनमा जुटिरहेको बताउनुभयो । यसबाट मात्रै प्रदेश भित्रका सबैजसो जनताको जीवनस्तरमा परिवर्तन आई समृद्धिको आभाष गर्न सक्नेमा बस्नेत विश्वस्त हुनुहुन्छ ।

प्रदेशका योजनालाई यसरी प्रभावकारी बनाउन सकिन्छ 
प्रदेश सरकारले अघी सारेका योजनाहरुलाई प्रभावकारी बनाउने सम्बन्धमा यसो भन्नुहुन्छ बस्नेत, ‘राजनीतिक स्थायित्व, विज्ञहरुको विज्ञता र लगानीको सम्भावनालाई महत्व दिएर अगाडि बढ्दा नै हाम्रो प्रदेशले आफ्नो लक्ष्य सजिलैसँग हासिल गर्न सक्दछ । यसको लागि मुख्य गरी प्रदेश भित्र भएका मूल्यवान चिजहरुलाई पहिचान गरी सोही बमोजिम अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । हाम्रो प्रदेश सरकार पनि यसै नीति बमोजिम नै अघी बढिरहेको छ ।’

आफूहरुले श्रोतसाधनको अलावा मानवीय शक्तिलाई पनि विशेष महत्वका साथ लिएको बताउँदै बस्नेत भन्नुहुन्छ, ‘हामीले यस प्रदेश भित्र मानव संशाधनलाई पनि विशेष महत्वका साथ सम्बोधन गर्ने प्रयत्न गरेका छौं । हाम्रा जनशक्तिलाई विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने किसिमका क्षमतावान् बनाउनुपर्छ भन्नेमा हाम्रो सदैव जोड रहँदै आएको छ ।’

सेतोघर डट कम सँगको संक्षिप्त कुराकानीको क्रममा उपाध्यक्ष बस्नेतले आफूहरु संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरु बीच उचित संयोजन सहित संविधानले निर्दिष्ट गरेको दायरा भित्र रहेर आफ्नो कार्य सम्पादनमा लागिरहेका हुनाले आकाङ्क्षा गरेबमोजिम लक्ष्य समेत हासिल गर्न सफल हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

साथै राजनीतिक एवं प्रशासनिक र विज्ञ विशेषज्ञको हिसाबले समेत यस प्रदेशको प्रचुरतालाई राम्रोसँग पहिचान गरेर अगाडि बढ्ने क्रममा अहिलेको यहाँ उपलब्ध मानव शक्तिले हाम्रा आवश्यकता पुर्ति गर्न नसक्ने अवस्था नरहे बाह्य मुलुकमा गएका नेपालीहरुलाई पनि ल्याउने र अन्य थप जनशक्ति समेत नेपालमा ल्याइ आवश्यकता बमोजिमका काममा लगाएर लक्षित लाभ हासिल गरेरै छाड्ने गरी उपयुक्त वातावरण तयार गर्नमा आफूहरु लागिरहेको समेत बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij