भक्तपुरको सल्लाघारीमा सञ्चालनमा रहेको इवामुरा अस्पताल सामाजिक उत्तरदायित्व निर्वाहको निम्ति लामो समय देखि सक्रिय रहँदै आएको छ ।
जनचेतना विस्तारको माध्यमबाट मात्र मानवीय स्वास्थ्य समस्या र यसको प्रभावमा कमी ल्याउन सकिन्छ भन्ने मान्यता बोकेको यस अस्पतालले समय–समयमा विभिन्न क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ ।
पछिल्लो समय यस अस्पतालले भक्तपुरको ताहथलीमा सञ्चालित ताहथली स्वास्थ्य शिविरबाट ७० जना विरामीहरुको निःशुल्क स्वास्थ्य जाँच गराएको छ । पाठेघरको समस्या, पेट दुख्ने, सेतो पानी बग्ने लगायतका समस्या रहेका महिलाहरुको निम्ति यस शिविरले ठूलो राहतको महसुस भएको छ ।

वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. शोभा मारिखु श्रेष्ठ सहितको आधुनिक उपकरण सहित गएको अस्पताल टिमले आगामी दिनमा पनि स्वास्थ्य सेवालाई अधिकांश मानिसहरुको पहुँचमा सहज रुपमा पु¥याउने कार्यमा आफ्नो रिरन्तरता रहिरहने बताएको छ ।
स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएपश्चात् सेतोघर डट कम सँगको कुराकानीको क्रममा अस्पतालका व्यवस्थापक रंजित मारिखुले स्वास्थ्य सेवा सबैमा सरल र सुलभ रुपमा पुग्नुपर्छ भन्ने मान्यतामा आफूहरु रहेको बताउनुभएको छ ।
महिलाको निम्ति विशेष तालिमको पहल गर्दै अस्पताल
अहिले पनि सक्षम र जागरुक महिलाहरु चुल्होचौकोमा मात्र सीमित रहेको परिप्रेक्ष्यलाई मध्यनजर गरी त्यस्ता महिलाहरुलाई उपयुक्त हुने किसिमका घरमा नै बसेर गर्न सकिने कामहरुसँग सम्बन्धित तालिम समेत सञ्चालन गर्ने योजना बमोजिम आफूहरु अघी बढ्न लागेको समेत मारिखुले बताउनुभएको छ ।
न्यूनतम शुल्कमा स्तरीय सेवा प्रदान गर्ने अस्पतालको प्रयाश :
हाल ५१ शैया क्षमताको यस अस्पतालमा करिब १ सयको सङ्ख्यामा कर्मचारी र ४० जना डाक्टरहरु छन् । आवश्यकता अनुरुप अस्पताल २४ सै घण्टा समेत सञ्चालन गरिँदै आइएको छ । महिला तथा बालबालिका अधिकार सञ्जाल अर्थात सिएसओ नेटवर्कमा समेत आवद्ध रहेको यस अस्पतालले सिविन नेपालसँग समेत सहकार्य गर्दै आएको छ । न्यूनतम शुल्कमा सबैको स्वास्थ्य पहुँच सुरक्षित हुनुपर्छ भन्ने मान्यता बमोजिम अघी बढेको यो अस्पतालले आर्थिक अभाव भएका विरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्दै आएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij