
काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बागमती प्रदेश समिति र इन्टरनेसनल डेभलपमेन्ट इन्सिच्युटद्वारा आयोजित एकदिने “स्कुल अफ फ्युचर’ विषयक कार्यशाला मिडभ्यालि कलेजमा सम्पन्न भएको छ । उक्त कार्यक्रम उच्च शिक्षा तथा माध्यामिक विद्यालय संघ हिसान बागमती प्रदेश समितिका अध्यक्ष भवानी पौडेलकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
कार्यक्रमको अध्यक्षता समेत गरेक हिसान बागमती प्रदेश समितिका अध्यक्ष भवानी पौडेलले कार्यक्रमको उदेश्यवारे प्रकाश पार्दै शैक्षिक विकासका लागि हिसानले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए ।
कार्यक्रममा हिसान उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ हिसान बागमती प्रदेशकी कोषाध्यक्ष रितल राणाले स्वागत मन्तब्य राखेकी थिइन् ।

कार्यक्रममा बंगलादेशका प्रशिक्षक सकिल मालिकले नेपालमा शैक्षिक सुधारका लागि रचनात्मक काम के गर्न सकिन्छ भन्ने विषयमा आफ्नो प्रस्तुति दिएका थिए । लामाे समय वासिङ्टन डिसीमा रहेर शिक्षाकाे क्षेत्रमा काम गरेका मालिक पछिल्लाे समय नेपाल, भारत र बङ्गलादेशकाे शिक्षा क्षेत्रकाे विकासमा निरन्तर खटिँदै आएका छन् । बदलिँदाे परिवेशमा बालबालिकालाइ नयाँ तवरकाे संस्कार र उद्यमशिलता सहितकाे शिक्षा आवश्यक रहेकाे बताए । उनले शिक्षा बहुआयामिक र बहुपक्षीय हुनुपर्नेमा जाेड दिए ।
शिक्षाले मानिसको चेतना देखि बानी व्यवहारसम्मलाइ प्रभाव पार्ने भएकाले यसलाई निरन्तर प्रक्रियाको रुपमा हेरिनुपर्ने र शैक्षिक क्षेत्रको सुधार प्रक्रियामा योजना बनाएर निरन्तर कार्यान्वयन गर्दै जानुपर्ने सम्बन्धमा समेत उक्त कार्यक्रमले सराेकारवाला पक्षहरूकाे ध्यानाकर्षित गराएकाे छ ।
आगामी दिनमा शिक्षा कार्ययोजनालाई मूर्तरुप दिन तथा विद्यालय क्षेत्र तत्काल सुधार कार्ययोजना निर्माण तथा कार्यान्वयन गर्न र सबै समस्याहरुको समाधान गर्न विभिन्न कार्यक्रम गर्ने योजनाका साथ प्रशिक्षण कार्यक्रम राखिएको हिसान नेपाल बागमती प्रदेश समितिका उपाध्यक्ष राजकुमार आचार्यले साेही कार्यक्रममा बताए ।
कार्यक्रममा हिसान बागमती प्रदेश समितिका पदाधिकारी सहित विभिन्न कलेजका संचालक तथा शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij