२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सिभिल बैंकबाट सीईओ पोखरेलसहित ८ जना कर्मचारी बाहिरिए

सिभिल बैंकबाट सीईओ पोखरेलसहित ८ जना कर्मचारी बाहिरिए

काठमाण्डौ । सिभिल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोखरेलसहित ८ जना व्यवस्थापकीय तहका कर्मचारी बाहिरिएका छन् । बैंकबाट कार्यकारी तहमा रहेका सीईओ सुनिल पोखरेल र सुमन आचार्य बाहिरिएका हुन् ।

यस्तै, बैंकको व्यवस्थापकीय तहमा रहेका सागर पौडेल, अविजित श्रेष्ठ, किरण प्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवर्द्धन अधिकारी बैंकबाट बाहिरिएको सञ्चालक अम्बिर बोगटीले बताए । उनीहरु स्वेच्छिक अवकाश सुविधा (भीआरएस) लिएर बैंकबाट बाहिरिएका हुन् ।

हिमालयन बैंकले फागुन १२ गते सिभिल बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार गर्ने भएसँगै सिभिल बैंकका उच्च तहका ८ जना कर्मचारी भिआरएसमा बाहिरिएका हुन् । बाहिरिएका सीईओसहितका कर्मचारीहरुले २ वर्षको तलब र सेवा सुविधा पाउने भएका छन् । उनीहरुले प्रयोग गरिरहेको सवारी साधन पनि बैंकले प्रदान गरेको जनाएको छ ।

यस्तै, मर्जरपश्चात् बैंकमा हिमालयनको सञ्चालक समिति कायम रहने भएसँगै सिभिल बैंकका अध्यक्ष प्रताप जंग पाण्डे, सञ्चालक अम्बिर बोगटी, प्रकाश पायल र सम्भु प्रसाद पन्त बाहिरिएका छन् । बैंकले सीईओसहित सञ्चालकहरुको बुधबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई विदाइ गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij