काठमाडौं– सिद्धार्थ बैंकको १६ औं वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस शेयर पारित गरेको छ । चैत्र ४ गते सम्पन्न साधारणसभामा बैंक सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु. ६,८२,६१,१७,१५५/– को १४ प्रतिशत अर्थात रु. ९५,५६,५६,४०२/– (पन्चानब्बे करोड छपन्न लाख छपन्न हजार चार सय दुई रुपैंया) बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यसरी पारित १४ प्रतिशत बोनस शेयर र यस अघिनै स्वीकृतभई जारी भइरहेको १० प्रतिशत हकप्रद शेयर समेतबाट बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड पुग्नेछ ।
बैंकले हालै देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, , १०७ एटीम र ६८७ एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड र कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ भने सोहि अवधीमा बैंकले रु. १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij