सेतोघर सम्वाददाता, काठमाण्डौ ।
रुपन्देही स्थित सिद्धार्थ जेसीजको अध्यक्ष भुवन राणा बन्न सफल भएका छन् ।
निर्वाचन भएको ६ महिना पछि नेपाल जेसीजको दोस्रो बोर्ड बैठकले अहिले निर्वाचित अध्यक्ष मंगल भण्डारी उमेर हदबन्दीका कारण अयोग्य रहेको र अध्यक्ष पदका अर्का अध्यक्ष भुवन राणालाई अध्यक्षमा वैधानिकता दिएपछि राणाले पदस्थापना कार्यक्रम समेत गरिसकेका छन् ।
नेपाल जेसीजका केन्द्रीय अध्यक्ष अशोक शंकरले विधान अनुसार मंगल भण्डारी अध्यक्ष पदका लागि अयोग्य रहेका कारण दाबिबिरोध गर्ने भुवन राणा अध्यक्ष नै वैधानिक भएको र्बोड बैठकले निर्णय गरेकाे र राणा नै अध्यक्ष भएको पत्र सिद्धार्थ जेसीजलाई पठाएसँगै भुवन राणा नै वैधानिक अध्यक्ष भएको केन्द्रीय अध्यक्ष अशोक शंकरले बताए ।
कोहलपुर जेसीजको आयोजनामा हुन लागेको अध्यक्ष सम्मेलनमा सिद्धार्थ जेसीजको अध्यक्ष भुवन राणा कार्यक्रममा सहभागी हुन आउनु भनी आतिथ्ता भएसँगै राणा नै अध्यक्ष भएकाे पाइएको हो ।
यहि १० गतेको कार्यक्रमको लागि भनी राणाको नेतृत्वमा सिद्धार्थ जेसीजको टोली कोहलपुर प्रस्थान गरेको राणाले बताए ।
निर्वाचन भएको ६ महिना पछि केन्द्रले निर्वाचित अध्यक्षलाई अयोग्य ठहराएको हाे ।
विधानमा जेसीजको सदस्यता ४० बर्षसम्म मात्र कायम रहने उल्लेख गरिएको छ ।
जिल्लामा भएको धाँधली बारे केन्द्रमा जानकारी गराएर विधिसम्मत रुपमा जाँदा र बन्दाबन्दीको कारण केन्द्रको निर्णय आउन ढिलाई भएको अध्यक्ष राणाले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij