
काठमाडौँ । नेपालकै सबैभन्दा ठुलो इलेकट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८० को उपलक्ष्यमा साना घरायसी सामानको खरिदमा ‘नयाँ वर्ष २०८० सिजीको, उमङ्ग नयाँपनको’ उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत सिजीको साना घरायसी सामानको खरिदमा हरेक हप्ता प्रेसर कुकर उपहारसँगै बम्परमा दुबई भ्रमण जित्ने मौका समेत रहेको छ ।
सिजी तथा सिजी मेरिडियाका उत्पादनको खरिदमा ग्राहकहरूले अब हरेक हप्ता आकर्षक उपहार सहित दुबई भ्रमणको आनन्द समेत लिन सक्नेछन् । यो योजना सिजी तथा सिजी मेरिडियाका विभिन्न उत्पादन जस्तै मिक्सर ग्राइन्डर तथा ब्लेन्डर, जुसर मिक्सर ग्राइन्डर, ह्याण्ड मिक्सर, माइक्रोवेभ ओभन, विभिन्नप्रकारका सिलिङ्, फ्यान तथावाल फ्यान, प्रेसर कुकर, राइस कुकर, वाटर डिस्पेन्सर, एयर फ्रायर, ग्यास स्टोभ तथा इन्डक्सन कुकटपआदि जस्ता अरू पनि साना घरायसी सामानमा उपलब्ध छ ।
यस उपहार योजनासँगै गर्मीको मौसममा समेत आरामदायी बसाइका लागि सिजी का प्यानहरुको खरिद गर्दै ग्राहकहरूले दुबई भ्रमण गर्ने मौका पाउन सक्नुहुनेछ । यसैगरी सहज र सरल पकाईका लागि आकर्षक डिजाइनका उत्कृष्ट इन्डक्सन कुकटपलगायत प्रेसर कुकर, राइस कुकर तथा ग्यासस्टोभहरु उपलब्ध छन् । यस योजनाअन्तर्गत बम्पर उपहार तथा साप्ताहिक उपहारहरु जित्नका लागि सहभागी हुन ग्राहकहरूले CGSDA [Space] Product Name [Space] Customer Name [Space] Address टाइप गरी ३१००३ मा एसएमएस पठाउनु पर्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij