२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

सार्वजनिक बिदा कटौति गर्दै सरकार

सार्वजनिक बिदा कटौति गर्दै सरकार

काठमाडौं – सरकारले धार्मिक र विभिन्न समुदायका चाडबाडका लागि दिइने सार्वजनिक बिदा कटौती गर्ने भएको छ ।

बिदासम्बन्धी निर्णय गर्ने जिम्मेवारी पाएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखा ‘क’का उपसचिव भरतकुमार शर्माका अनुसार शाखाले बिदाको खाका बनाएर क्याबिनेटमा पठाइसकेको छ ।

गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको मन्त्रिपरिषदको सामाजिक समितिले छलफल गरिसकेपछि क्याबिनेटले निर्णय गर्ने शर्माले बताए । आजकोनेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

शर्माले भने,

-हामीले कुन दिन बिदा दिनुपर्ने र कुन दिन नदिँदा हुने भनेर मंगलबार रायसहित पठाएका छौँ ।

-सरकारले आवश्यक निर्णय गर्छ, त्यसमा केही थपघट हुनसक्छ ।

-धार्मिक र सांस्कृतिक बिदा त्यही समुदाय र वर्गमालाई मात्र दिन सकिने र सेवाग्राहीको दैनिक कामकाजमा प्रभाव पार्न नहुने शाखाको प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij