२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सामाजिक गतिविधिमा सक्रिय बन्दै ओम शक्ति महिला समुह

सामाजिक गतिविधिमा सक्रिय बन्दै ओम शक्ति महिला समुह

ओम शक्ति महिला समूह सामाजिक सेवाको उद्धेश्यले स्थापना भएको संस्था हो । यो समूह वि.सं २०७५ देखि महिला दिदीहरुको सक्रियतामा स्थापना भएको हो । यस संस्थाले दीनदुखीहरुको लागि विभिन्न सहयोगहरु गर्दै आइरहेको छ । यस संस्थाको अध्यक्षको भूमिकामा सुष्मा सुवेदी छिन् ।

सुष्मा सुवेदी विगत डेढ दशक देखि समाजसेवाको क्षेत्रमा संलग्न रहँदै आएकी छिन् । वि.सं २०४९ मा झापाबाट काठमाडौंमा आएर विभिन्न कठिन सङ्घर्ष पार गर्दै आएकी उनी आफ्ना पछिल्ला दिनहरु समाजसेवाको क्षेत्रमा परिचालन गरिरहेका छिन् ।

हाल आफू क्लब मार्फत विभिन्न सामाजिक गतिविधिहरुमा संलग्न हुन सकेकोमा उनी खुसी छिन् ।

लकडाउनको अवस्थामा अहिले कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरुलाई राहत उपलब्ध गराउने कार्यमा सुवेदी र उनको संस्था सक्रिय रहँदै आएको छ ।
यस संस्थाले विजयचाेक युवा क्लबकाे सहकार्यमा  हिजो शनिवार कामनपा-९ मा राहत उपलब्ध गरायाे । विजयचोकमा आयाेजित उक्त भाेजनमा करिब १ सय ५० जना व्यक्तिहरु सहभागि भएकाे आयाेजक सन्ताेष नेपालले बताए । आगामी दिनमा मुलुकमा आइपर्ने कठिन परिस्थितिमा पनि यसरी नै सक्दाे सहयाेग गर्ने वचनवद्धता संस्थाकी अध्यक्ष सुवेदीले जानकारी गराएकी छिन् ।

हाल यस संस्थाले विभिन्न समयमा काठमाडाैं उपत्यकाका सबै गरी करिब ३ सय ५० लाइ राहत उपलब्ध गराइसकेकाे छ । राहत अन्तरगत दाल, चामल, तेल लगायतका वस्तु प्रदान गरिएकाे छ ।

समाजसेवामा सक्रिय रहने क्रममा अन्य व्यक्ति तथा संस्थाहरुले पनि सहयोग निरन्तर प्राप्त भएको कारण आफूहरुलाई विभिन्न गतिविधि सञ्चालन गर्न सहज भएको संस्ठाकी अध्यक्ष सुवेदीले बताइन् । सामाजिक सेवा गर्न पाएकोमा शान्ति र खुसीको महसुस हुँदै आएको समेत बताउँछिन् सुष्मा सुवेदी ।

सुष्मा अध्यक्ष रहेको यस समूहमा हाल करिब १ सय सदस्यहरु आवद्ध छन् ।

महिला दिदीवहिनीहरु चुलोचौकोमा मात्र सीमित नभई सामाजिक योगदानमा पनि केही योगदान पु¥याउन सकिन्छ भन्ने सन्देश अन्य महिलाहरुमा पनि प्रवाह गर्न यो समूह सफल रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij