२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सरकारले जनताको आवाजलाई सम्बोधन नगरी शान्तिपुर्ण प्रदर्शनमा दमन गर्यो : जसपा

सरकारले जनताको आवाजलाई सम्बोधन नगरी शान्तिपुर्ण प्रदर्शनमा दमन गर्यो : जसपा

काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालले सरकारले जनताको आवाजलाई सम्बोधन नगरी शान्तिपुर्ण प्रदर्शनमा दमन गरेको आरोप लगाएको छ ।

शुक्रबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा विज्ञप्ति निकालेर सरकार असफल साबित भएको जनाएका हुन् ।

उनीहरूले सरकार चौतर्फी असफल हुन थालेपछि र जनता सरकारविरुद्ध सडकमा उत्रेर जनप्रदर्शन भएकोमा त्यसका विरुद्ध सरकार दमनमा उत्रेको बताएको छ ।

जसपाले जनताको मागलाई दमनमार्फत नभई उनीहरूले उठाएको माग सम्बोधन गर्नसमेत सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij