२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

सफलता चाहनुहुन्छ ? एनएलपीमा सहभागि हुने कि ?

सफलता चाहनुहुन्छ ? एनएलपीमा सहभागि हुने कि ?

केशव थापा

अहिलेको समयमा मानिसहरु बाह्य दुनियाँमा रमाइरहँदा आफ्नै बारेमा भने सोच्न सकिरहेका छैनन् । वास्तवमा आफ्नो अवस्था, आगामी योजना र उद्धेश्यको बारेमा आफैं वेखबर भइरहँदा यात्रा अनिश्चितापूर्वक रुपमा चलिरहेको छ । हरेक मानिसका आ–आफ्ना योजना त बनेकै हुन्छन् तर ती योजना तत्काल नै परिवर्तन भइरहने कारण कुनै पनि योजनाले सार्थकता पाउन सक्ने अवस्था रहँदैन । छोटो समयमा नै परिवर्तन भइरहने सोच र यसबाट उब्जिने योजनालाई व्यवस्थित बनाउन सकेको खण्डमा मात्र आफूले चाहेको सफलता हात पार्न सकिन्छ ।

सफलता सबैले चाहन्छन् । आफ्नो क्षेत्रमा निरन्तर रुपमा निकै मेहनतको साथ अघी बढ्दा पनि सबैले लक्षित सफलता भने हात पार्न सक्ने अवस्था रहँदैन । जसले गर्दा निकै जोशको साथ अघी बढेको व्यक्ति एकपटक असफल भइसकेपछि पुःन अगाडि बढ्ने क्रममा आत्मबलमा समेत कमी आउन सक्छ । जसले गर्दा पूर्वनिर्धारित योजना कुनै बिन्दुमा रोकिन पुग्छ ।
सफलता एकैपटक प्राप्त हुँदैन । साथै सफलताको निम्ति अघी बढ्ने क्रममा विभिन्न सानाठूला वाधाअपरोधहरु समेत आइरहन सक्छन् । जसले सफलतालाई प्रभावित पारिरहेका हुन्छन् । सामान्य सानोतिनो कुराले समेत मानिस योजनाबाट टाढिन सक्छ । यस्तो बेलामा थप अघी बढ्नको निम्ति बाह्य प्रभावमा नभई आफूभित्रको आत्मविश्वास अत्यन्तै बलियो हुनुपर्छ ।

हुनतः सफलताको निम्ति कडा मेहनत आवश्यक पर्छ भन्ने धारणा सर्वव्यापी नै बनेको छ । तर अहिलेको परिवर्तित परिस्थितिमा यत्तिले मात्रै प्रयाप्त हुँदैन । सबैभन्दा पहिले मानसिक रुपमा नै तयार हुनुपर्ने आवश्यकता रहन्छ । यसको निम्ति आफ्नो बारेमा बुझ्नु जरुरी हुन्छ । मानवीय शरीर पनि एक किसिमको मेसिन नै रहेको र यसले निश्चित पद्धतिमा काम गर्ने कुरा प्रमाणित भइसकेको अवस्थामा यसलाई निश्चित दिशामा योजनावद्ध तवरले चलाउन सकेको खण्डमा मात्र चाहेबमोजिम सञ्चालन गर्न सकिन्छ । तर आफैं भित्रको सिष्टमले कसरी काम गर्छ भन्ने नबुझी अघी बढ्दा भने आउन सक्ने समस्याको कारण जुनसुकै अवस्थामा पनि रोकिन सक्ने अवस्था आउन सक्छ । कतिपय अवस्थामा त ठूलै दुर्घटनाको समेत सामना गर्नुपर्ने हुन सक्छ ।

यस्तो अवस्थामा हरेक क्षेत्रमा सफल हुनको निम्ति आफ्नै अध्ययन हुनु जरुरी रहन्छ । भित्री रुपमा आफूलाई नै बुझ्न सकेको खण्डमा मात्र आफूले चाहेको क्षेत्रमा सफलता हासिल गर्न सहयोग गर्ने केही कार्यक्रमहरु समेत अहिले डिजाइन भएका छन् । आफैंलाई बुझ्नको निम्ति निकै महत्वपूर्ण कार्यक्रमको रुपमा पछिल्लो समय एनएलपी कार्यक्रम विश्वभर लोकप्रिय हुँदै गएको छ । निश्चित लक्ष्यको आधारमा अघी बढ्न चाहने व्यक्तिहरुको निम्ति यो कार्यक्रम निकै उपयोगी छ ।
म को हुँ ? मैले मेरो व्यक्तिगत जीवनको लागि के गर्नुपर्छ ? समाजको लागि मेरो योगदान के हुनुपर्छ ? म सँग कस्तो क्षमता छ ? भन्ने लगायतका विविध विषयवस्तुको ज्ञान दिलाउने एनएलपी कार्यक्रमले नयाँ योजना तर्जुमा गर्नको निम्ति विशेष मद्धत गर्नेछ ।

सफलताको निम्ति मनोसामाजिक अध्ययन समेत निकै महत्वपूर्ण हुन्छ । पछिल्लो समय मनोसामाजिक अध्ययनको तथा सकारात्मक सोच विकासकोे निम्ति ल्ीए ९ल्भगचय ीष्लनगष्कतष्अ एचयनचबmmष्लन० नयाँ विधाको रुपमा अघी आएको छ । अहिले यस कार्यक्रमले विश्वभर लोकप्रियता पाइरहेको छ । नेपालमा साइकोसोसियल हिलिङ एण्ड मेडिटेसन सेन्टरले भित्र्याएको यस कार्यक्रममा विभिन्न क्षेत्रमा सफल भइसकेका व्यक्तिहरु समेत संलग्न रही यस कार्यक्रमबाट लाभ लिइरहनुभएको छ ।

शुल्क ः
नेपालमा नयाँ कार्यक्रमको रुपमा रहेको यो कार्यक्रम तत्कालको निम्ति विभिन्न संस्थामा माथिल्लो निर्णायक तहका व्यक्तिहरु संलग्न रहने गरी सोही बमोजिम कोर्ष डिजाइन गरिएको छ । विभिन्न क्षेत्रमा सफलता चाहने व्यक्तिहरु मात्र नभई लामो समय देखि व्यावसायिक तथा शैक्षिक क्षेत्रमा संलग्न व्यक्तिहरु समेत यस तालिमबाट प्रयाप्त ज्ञान मिलेकोमा सन्तुष्ट हुनुहुन्छ ।

कहाँ सिक्न सकिन्छ एनएलपी शिक्षाः

याे कार्यक्रम फागुन ९ देखि मिडभ्याली कलेज, ज्ञानेश्वरमा बेलुका ५ बजे देखि ८ बजे सम्म सञ्चालन हुनेछ । याे कार्यक्रम सशुल्क कार्यक्रम हाे । १५ दिन सम्म चल्ने यस कार्यक्रमकाे शुल्क २०,००० रूपियाँ लिइने साइकाेसाेसियल हिलिङले जनाएकाे छ । कार्यक्रमकाे बारेमा थप जान्नकाे निम्ति साइकाेसाेसियल हिलिङ एण्ड मेडिटेसन सेन्टरका संस्थापक केशव थापालार्इ सिधै माेबाइल नम्बर ९८५१००८५१७ मा पनि सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij