बुधबार राति लम्किचुहा नगरपालिका २ प्रतापपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।
स्थानीय ३३ वर्षका इन्द्र चौधरीले कुटपीट गर्दा श्रीमती ३२ वर्षकी गर्भा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु भएपछि इन्द्र चौधरीले छिमेकीहरुलाई आफ्नी श्रीमती रक्सी सेवन गरेर घर छेउको सडकमा लड्दा मृत्यु भएको जानकारी दिएका थिए ।
विहीबार विहान वडाअध्यक्षले जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको थियो । घटना शंकास्पद लागेपछि इन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij