काठमाडौँ, ७ चैत – नेपाली शेयर बजारमा लगातार ओरालो लागेको छ। यो साता कारोबारको पाँचौँ दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ।
आज नेप्से परिसूचक १२.८४ अंकले घट्दै २,६६९.३१ विन्दुमा पुगेको छ। ३१२ कम्पनीका ९५ लाख ९९ हजार ३४३ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँ पुगेको छ।
आजको बजारमा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको घटेको छ। त्यस्तै, सात कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। उपसूचकहरूमा व्यापार समूह ०.२६ प्रतिशतले वृद्धि भएको छ।
आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। यस्तै, डोल्टी पावर कम्पनी लिमिटेड को शेयर मूल्य सबैभन्दा बढी ६.९० प्रतिशतले उकालो लागेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij