२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

शारीरिक सम्बन्ध राख्न नमान्दा प्रेमिकाको हत्या

शारीरिक सम्बन्ध राख्न नमान्दा प्रेमिकाको हत्या

पर्सा । जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ सुहपुर निवासी १८ वर्षकी बनिता चौधरीको हत्या अभियोगमा प्रहरीले त्यसै ठाउँका १९ वर्षीय प्रमेन्द्र चौधरीलाई गिरफ्तार गरेको छ ।

भारत पश्चिम चम्पारण बरगाँव थाना बगाहा पिपरिया वडा नम्बर ११ स्थायी घर भई जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ सुहपुर सानोबुवाको घरमा बस्दै आएकी सुनकोशीया देवी भनिने बनिता चौधरी असार ३१ गते गंगोली नदीमा मृत अवस्थामा फेला परेकी थिइन ।

उनी असार २८ गतेदेखि घरबाट बेपत्ता भएकी थिइन । उनको प्रमेन्द्र चौधरीसँग प्रेम रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । अहिले गोर्खा जिल्लाको ढकाल गाउँमा डकर्मीको काम गर्दै आएका चौधरी र बनिताबीच ३ वर्षदेखि माया प्रेम चल्दै आएको प्रहरीले जनाएको छ ।

असार २८ गते भलुवहीमा गंगोल नदी छेउको खरबारीमा १२ बजे उनीहरुबीच भेटघाट भएको थियो । त्यो भेटघाटमा उनीहरुबीच यौन सम्बन्ध समेत भएको थियो । प्रमेन्द्र चौधरीले दोश्रो पटक यौन सम्पर्क राख्न खोज्दा बनिताले इन्कार गरेकोले हत्या भएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए।

प्रमेन्द्रको यौन प्रस्ताव अस्वीकार गरी घर जान थालेकी उनलाई अगाडि गाँठो पारी पछाडितिर झुण्डिएको सलले तानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले प्रमेन्द्र विरुद्ध कर्तब्य ज्यान मुद्धा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij