२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

शान्तिश्रीको तीज गीत ‘दशा’ सार्वजनिक (भिडियोसहित)

शान्तिश्रीको तीज गीत ‘दशा’ सार्वजनिक (भिडियोसहित)

यसवर्षको तीज गीत सार्वजनिक भएको छ । गायक तथा संगीतकार जय देवकोटाको मार्मिक तीज गीत ‘दशा’ सार्वजनिक भएको हो ।

गीतमा देवकोटा र गायिका शान्तिश्री परियारले आवाज दिएका छन् ।

गायत्री थापाको रचना रहेको सो गीतमा गायक देवकोटाकै लय रहेको छ । चर्चाको शिखरमा रहेकी गायिका शान्तिश्री र लोकगीतमा छुट्टै पहिचान बनाउन सफल गायक देवकोटाको यस गीतलाई दर्शक श्रोताले निकै मन पराउने देखिन्छ ।

गीतमा सुरवीर पन्डित, रमा थपलिया, गायत्री थापा, जय देवकोटा र बाल कलाकार आदर्श बानियाको अभिनय छ । मदन खड्काको निर्देशनमा तयार भएको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् ।

तरंग डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतलाई कर्ण सनज्यालले रेकर्ड गरेका हुन् ।

https://youtu.be/dHI0TJgAed8

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij