
मुलुकलाई कुन दिशामा कसरी अघी बढाउने भन्ने कुराको मुख्य जिम्मेवारी राज्य पक्षको नै रहने गर्छ । यसकारण राज्य पक्ष दिगो नीतिको आधारमा जिम्मेवारीपूर्वक आफ्ना योजनाहरुलाई अघी बढाउनुपर्छ । पछिल्लो समय नेपाल संघीय संरचनामा गएपश्चात् नेपाल विभिन्न प्रदेशमा विभाजित भई विकासनिर्माणका कार्यहरुलाई सहज तवरले अघी बढाउन लागिएको अवस्थामा त राज्यको भूमीका अझ बढेको छ ।
प्रयाप्त सम्भावनाको क्षेत्र ः
नेपालमा पछिल्लो समय इन्जिनियरिङ क्षेत्रमा रही काम गर्न निकै सहज वातावरण छ । नेपाल विकासोन्मुख मुलुक भएको र संघीय संरचना बमोजिम विकासको लागि नयाँ अवसरहरु खुलेको कारण अहिले यस क्षेत्रमा निकै राम्रो सम्भावना रहेको लालचन बताउनुहुनछ । मुलुकले विकेन्द्रीकरण नीति लिएको कारण अबका विकास कार्यहरु ग्रामीण क्षेत्रमुखी रहेका र यस क्षेत्रमा ठूलो जनशक्ति, पुँजी र प्रविधिको उपयोग गर्दै कामलाई गति दिनसके मुलुकले विकासको बाटो लिन लामो समय नलाग्न सक्छ । साथै विदेशिने नेपालीहरुलाई नेपालमा नै रोक्नस समेत यस क्षेत्रले महत्वपूर्ण भूमीका निर्वाह गर्न सक्छ ।
हाल इन्जिनियर्स एण्ड प्लानर्स प्रा.लि सञ्चालन गर्दै आउनुभएका ईन्जिनियर रञ्जित लालचन वि.सं २०३७ मा मुस्ताङको मार्फामा जन्मिनुभएको हो । साँगाको दीपेन्द्र पुलिस स्कुलबाट एसएलसी र प्लस टु तहको अध्ययन गर्नुभएका ऊहाँले पोखरा इन्जिनियरिङ कलेजबाट वि.ई र एम.ई तहको अध्ययन इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट पूरा गर्नुभएको हो । ग्चदबल एबिललष्लन विषयमा माष्टर डिग्री तहको अध्ययन गर्नुभएका ऊहाँ नेपालमा अब बन्ने शहरी क्षेत्रलाई व्यवस्थित ढङ्गले अघी बढाउन भू–उपयोग नीति अनुसार योजना तर्जुमा र कार्यान्वयन आवश्यक रहेको बताउनुहुन्छ । हाल रिजनल एण्ड अर्वान प्लानर सोसाइटी, नेपाल भ्यालुयर्स एसोसिएसन, नेपाल इन्जिनियरिङ एसोसिएसन, स्केफ लगायतका संस्थाहरुमा समेत संलग्न लालचन नेपालको इन्जिनियरिङ क्षेत्रलाई नजिकबाट बुझ्नुभएका व्यक्ति हुनुहुन्छ ।
नेपालमा रही माष्टर डिग्री तहको अध्ययन गर्ने समय देखि नै ऊहाँ आफैंले कन्सल्टिङ फर्म सञ्चालन गर्नुभएको हो । आफुले शुरुका दिनमा मूल्याङ्कनकर्ताको रुपमा काम शुरु गर्नुभएका ऊहाँले विस्तारै खानेपानी, बिल्डिङ, रोड लगायतका क्षेत्रहरुमा समेत काम गर्दै आउनुभएको छ । पछिल्लो समय ऊहाँ नेतृत्वको यस कम्पनीले विभिन्न ठाऊँहरुमा खानेपानी आयोजना, पुलहरुको डिजाइन, विभिन्न सडकको सर्भे र डिजाइन लगायतका कामहरु गरिरहेको छ ।
सूचना प्रविधिले सहज बनाएको छ ः
यद्यपि बजार प्रतिष्पर्धी रहेको हुँदा आफू पनि प्रतिष्पर्धी बजारमा उत्रनको लागि जहिले पनि तयार भने रहनुपर्छ । पछिल्लो समय विश्वबजारमा विकास भएको सूचनाप्रविधिको कारण समेत एक ठाऊँको सूचना तत्कालै अर्को ठाऊँमा पुग्न सक्ने अवस्था रहेको कारण नेपालमा कस्ता प्रविधिहरु भित्रिएका छन् ? विश्वबजारमा कस्ता प्रविधिहरु निर्माण भएका छन् ? अबको सम्भावना क्षेत्र के हो ? भन्ने लगायतमा पहिले नै जानकारी प्राप्त गर्न सकिने र सोही बमोजिम आफूलाई प्रतिष्पर्धी रुपमा उभ्याउन सकिन्छ । साथै अहिले विकास भएका प्रविधिको कारण निकै लामो समय लगाएर गर्नुपर्ने कार्यहरु समेत सहज तवरले छोटो अवधिमा नै सम्पन्न गर्न सकिने अवस्था समेत सृजना भएको छ । यसबाट लागत, समय र गुणस्तर लगायतको दृष्टिले व्यापक सहज परिस्थिति सृजना भएको छ ।
विगतमा दिनभर लगाएर गर्नुपर्ने सर्भेको काम अहिले एकछिनमा ड्रोन उडाएर गर्न सकिने अवस्था सृजना भएको छ । विगतमा एक व्यक्ति÷फर्मले डिजाइन गरेको प्रोजेक्टमा अर्कोले लागत अनुमान गर्ने प्रचलन रहेकोमा अहिले भने नेपालमा पनि एउटै सफ्टवेयरबाट सहज तवरले काम गर्न सकिने अवस्था सृजना भएको छ । यसबाट हाम्रो काममा निकै नै सहजता आएको छ । जुन निकै ठूलो उपलब्धि समेत हो । आगामी दिनमा पनि नेपालले यस्ता प्रविधिहरुको प्रयोगलाई अझ बढाउँदै लैजानुपर्छ । निजी क्षेत्रलाई आधुनिक प्रविधि र उपकरणको प्रयोगको निम्ति नेपाल सरकारले पनि प्रोत्साहित गर्नुपर्छ ।
तालिमको आवश्यकता छ ः
नेपालमा इन्जिनियरिङ क्षेत्रमा काम गर्ने जनशक्तिमा शैक्षिक संस्थाबाट अध्ययन गरिसके पश्चात् सिधै बजारमा गएर जिम्मेवारीपूर्वक काम गर्न सक्ने किसिमको व्यावहारिक ज्ञान नरहन सक्छ । यस्तो अवस्थालाई विचार गरेर उनीहरुलाई स्तरीय व्यावहारिक तालिमहरु सञ्चालन गर्नुपर्ने कामलाई विशेष प्राथमिकताको साथ सञ्चालन गर्नुपर्छ । तर अहिले सम्म यस कार्यलाई भने त्यति जोड दिइएको अवस्था छैन । जसले गर्दा अध्ययन पश्चात् विस्तारै सहायकको रुपमा काम गर्दै अलि ठूला कामहरुको जिम्मेवारी दिनुपर्ने अवस्था छ ।
विगतमा पनि यो व्यवसाय नेपालमा लामो समय देखि सञ्चालनमा रहेको र यो क्षेत्र समेत आपसी व्यवसायीहरुकै प्रतिष्पर्धाबाट बजार मूल्य निर्धारण हुने कार्य हुँदै आएकोमा अब हामी परामर्शदाता व्यवसायीहरु समेत यस क्षेत्रलाई राम्रो तवरले अघी बढाउनको निम्ति पहल गर्नु जरुरी छ ।
सरकारबाट गरिने कार्यहरु ः
मुलुकलाई कुन दिशामा कसरी अघी बढाउने भन्ने कुराको मुख्य जिम्मेवारी राज्य पक्षको नै रहने गर्छ । यसकारण राज्य पक्ष दिगो नीतिको आधारमा जिम्मेवारीपूर्वक आफ्ना योजनाहरुलाई अघी बढाउनुपर्छ । पछिल्लो समय नेपाल संघीय संरचनामा गएपश्चात् नेपाल विभिन्न प्रदेशमा विभाजित भई विकासनिर्माणका कार्यहरुलाई सहज तवरले अघी बढाउन लागिएको अवस्थामा त राज्यको भूमीका अझ बढेको छ ।
आपसी समन्वयका लागि प्राधिकरण आवश्यक छ ः
अहिले नेपाल सरकारले नक्सापास गर्ने समयमा विभिन्न मापदण्डहरु निर्माण गरेको छ । ती मापदण्ड लागु गर्न सकिने अवस्थामा मात्र काम अघी बढाउने किसिमले काम हुनसके मात्र पूर्ण व्यवस्थित रुपमा हामीले चाहेको विकास कार्य सार्थक हुन सक्छ । यस किसिमको वातावरण सृजना गर्नुपर्ने आवश्यकता छ । नेपालमा अहिले पनि राज्यका नीतिहरु आपसमा बाझिने अवस्था समेत छ ।
यसकारण भू–उपयोग नीति आवश्यक ः
काठमाडौं उपत्यका लगायतमा पछिल्लो समय स्मार्टसिटी निर्माणको लागि पहल भइरहेको अवस्थामा अब हामीले भू–उपयोग नीति लागु गरी रणनीतिक योजना कडाईको साथ कार्यान्वयन गर्नुपर्छ । कुन क्षेत्रलाई आवासीय क्षेत्र बनाउने, कुन क्षेत्रलाई कृषि क्षेत्र, कुन क्षेत्रलाई औद्योगिक क्षेत्र र कुन क्षेत्रलाई व्यावसायिक क्षेत्र बनाउने हो निर्दिष्ट भू–उपयोग क्षेत्र र योजनाको आधारमा भू–उपयोग सुनिश्चित गर्नुपर्दछ । यसरी योजना निर्माण गर्दा प्रयाप्त गृहकार्य र अध्ययनको आधारमा मात्र काम अघी बढाउनुपर्दछ ।
निर्माण भइसकेका पूर्वाधार सन्दर्भमा ः
विगतमा निर्माण भएका केही महत्वपूर्ण संरचनाहरु अहिले पनि निकै जोखिमयुक्त अवस्थामा समेत छन् । यस्तो अवस्थामा पुरातात्विक महत्वका त्यस्ता कामहरु अघी बढाउने सन्दर्भमा राज्य पक्षले विशेष तवरले पहल गर्नु जरुरी छ । यससँगै खानेपानी, ढल लगायतलाई व्यवस्थित र सहज पहुँचमा विस्तार गर्दै हाम्रो विकास कार्यलाई अघी बढाउनुपर्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij