काठमाडौं–झापाको शिबसताक्षी–४ पाँचगाछी स्थित ओढारीचौक घर भई हालः काठमाण्डौंमा व्यवसायसँगै सामाजिक सेवामा सक्रिय युवा व्यवसायी डिगम्बर नायकले २५ घर–परिवारलाई खाद्यान्य सामाग्रीहरु बितरण गर्नुभएको छ ।

शिबसताक्षी नगरपालिका घर भएर रोजगार वा कामको शिलशिलामा काठमाण्डौं, ललितपुर र भक्तपुरमा बसोबास गर्नुहुने बिपन्न बर्गको घर–डेरामा पुगेर दैनिक उपभोग्य खाद्यान्य सामाग्रीहरु बितरण गर्नुभएको हो ।
काठमाण्डौं स्थित तार्केश्वोर नगरपालिकामा रोहित खाद्य स्टोर सञ्चालन गर्नुहुने युवा व्यवसायी तथा सामाजिक सेवामा सक्रिय नायकले आफ्नो खर्चमा २५ घर–परिवारका लागि खाद्यान्य सामाग्रीहरु बितरण गर्नुभएको हो । उहाँले २५ घर परिवारका लागि जनही एक घर बराबार १५ केजी बासमती चामाल, दाल २ केजी, खाने तेल १ लिटर, नून १ पाकेट, चिउरा २ केजी, लाइफवेय सावुन–२ पिस र मस्स्रो ५०० ग्राम बितरण गनुृभएकाे थियाे ।
आफ्नो निजी सवारी साधनमा उहाँले राहत सामाग्रीहरु लिएर ज्यालादारी र बनिबुट्टो गरेर जीविकोपार्जन गर्ने बिपन्न घर परिवारलाई भेटघाट गर्नुका साथै बितरण गर्नुभएको थियो ।
उनले आफ्नो फेसबुक मार्फत शिबसताक्षी घर भएर हालः काठमाण्डौं, ललितपुर र भक्तपुरको बिभिन्न क्षेत्रहरुमा छरिएर बसोबास गर्नेहरुबीच बिपन्न घर–परिवारलाई खाद्यान्य सामाग्रीहरु उपलब्ध गराउने सुचना प्रकाशित गरेका थिए ।
सोही सुचना मार्फत उनले शिबसताक्षी नगरपालिका घर भई हाल काठमाण्डौ, ललितपुर र भक्तपुरमा बसोबास गर्ने बिपन्न बर्ग मध्ये २५ घर–परिवारलाई राहतको व्यवस्था गरेको मनकारी सहयोगीदाता नायकले जानकारी दिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij