२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको साधारण शेयर बाँडफाँड

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको साधारण शेयर बाँडफाँड

काठमाडौं, ३० माघः श्री नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर बाँडफाँड गरेको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी गरेको २,२५,००० कित्ता शेयर २०८१ माघ २९ गते बाँडफाँड गरेको हो ।

श्री नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आफ्नो जारी पू्ँजी रु. ७५,००,००,००० (अक्षरेपी पचहत्तर करोड रुपैयाँ मात्र) को ३०% ले हुन आउने रु.२२,५०,००,००० (अक्षरेपी बाइस करोड पचास लाख रुपैयाँ मात्र) रकम बराबरको प्रति शेयर अंकित मूल्य रु.१०० का दरले कूल २२,५०,००० कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात २,२५,००० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि मिति २०८१/१०/०८ गते देखि मिति २०८१/१०/२२ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

“धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” मा टेकी उक्त अवधिभर प्राप्त हुन आएको रितपूर्वक ४५,९०६ आवेदनहरु मध्ये जम्मा २२,५०० जना आवेदकहरुलाई मंगलबार शेयर बाँडफाँड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij