विराटनगर । प्रदेश १ सरकारले ल्याएको बृहत विराट विकास क्षेत्रमा थप छ वटा स्थानीय तह थपिएका छन् । यसअघि सुनसरी र मोरङ जिल्लाका १२ वटा स्थानीय तह समेटिएको बृहत विराट क्षेत्रमा सुनसरीका दुई र मोरङका तीन स्थानीय तह पनि समेटिएको हो ।
अब बृहत विराट क्षेत्रमा १८ वटा स्थानीय तह समेटिएका छन् । संशोधन गरी पछि थपिएको स्थानीय तहमा सुनसरीको कोशी गाउँपालिका र बराह नगरपालिका रहेका छन् । त्यसैगरी मोरङका रंगेली नगरपालिका, जदाहा, धनपालथान र केराबारी गाँउपालिका समावेश गरिएको छ ।
थप स्थानीय तह पनि समावेश गर्नुपर्ने प्रस्तावसहित सांसदहरुले पेश गरेको संशोधन प्रस्ताव समावेश गरेर यो विधेयक आइतबार संसदबाट सर्वसम्मतले पारित भएको छ । विधेयकमाथि १५ जना सांसदले संसोधन दर्ता गराएका थिए । जसमा सत्तापक्षका १२ जना रहेका थिए भने प्रतिपक्ष नेपाली कांग्रेसका २ जना सांसदले संशोधन दर्ता गराएका थिए । संघीय समाजबादी पार्टीका संसदीय दलका नेता जयराम यादवले पनि संसोधन दर्ता गराएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij