२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

विपक्षी गठबन्धनमा एमाले खनाल-नेपाल समूहका २७ सांसदको हस्ताक्षर

विपक्षी गठबन्धनमा एमाले खनाल-नेपाल समूहका २७ सांसदको हस्ताक्षर

काठमाडौं : नयाँ सरकार गठनका लागि बनेको विपक्षी गठबन्धनमा सत्तारुढ नेकपा (एमाले) माधवकुमार नेपाल र झलनाथ खनाल समूहका २७ सांसदले हस्ताक्षर गरेका छन्।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउन विपक्षी गठबन्धनलाई नेपाल–खनाल समूहले साथ दिएको हो।

विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने नेपाल खनाल समूहका २७ सांसदको हस्ताक्षर आएको कांग्रेस नेता गगन थापाले जानकारी दिए।

विपक्षी गठबन्धन १५० सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिको दाबी गर्न शीतल निवास पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij