२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

विन नेपाल लघुवित्तको एफपीओ खुला

विन नेपाल लघुवित्तको एफपीओ खुला

काठमाडाैं, २१ चैतः विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (चैत २१ गते) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गरेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ अनुसार, स्वः पूँजी संरचनामा सर्वसाधारणको ३० प्रतिशत हिस्सेदारी कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता शेयर जारी गर्दैछ, जसको कुल मूल्य ५१ लाख २९ हजार २५० रुपैयाँ रहेको छ। लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पर्याप्त आवेदन नपरेमा एफपीओ निष्काशन अवधि २०८२ बैशाख ४ गतेसम्म लम्बिन सक्छ।

एफपीओका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले लघुवित्तलाई ‘केयर एनपी सिंगल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ छ। एफपीओ निष्काशनपछि यो पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij