वातावरण मैत्री समाज लामाे समय देखि विभिन्न सामाजिक गतिविधिहरूमा केन्द्रित रहँदै अाफ्ना गतिविधिहरू अघी बढाउँदै अाएकाे छ ।
यसै सन्दर्भमा नियमित कार्यक्रमकाे रूपमा यस पटककाे शनिवार पनि उक्त सरसफार्इलार्इ निरन्तरता दिइएकाे छ । 
शनिवार बिहान८:००बजे ७५औं हफ्ताको रूपमा अायाेजना गरिएकाे सरसफाई कार्यक्रममा सरसफार्इ अभियन्ता तथा सुरक्षाकर्मीहरूकाे व्यापक उपस्थिति थियाे ।
सुरक्षाकर्मी, लर्ड बुद्ध एजुकेशन फ़ाउन्डेशन, सनवे कलेज लगायतका संघसंस्थाकाे अलावा मैतिदेवी, वडा ३२का स्थानीयवासीहरू तथा विभिन्न पेशा व्यवसायमा संलग्न उद्यमी, व्यवसायी, कर्मचारीहरू लगायत समेत खटिएका थिए।
आफ्नो ठाऊँ आफैं सफ़ा बनाउँ भन्ने अभियानमा लागेकाे यस अभियानलार्इ सफलतापूर्वक सम्पन्न गर्न सके वातावरण स्वच्छ राख्दै स्वस्थ जीवन र समृद्द समाज निर्माणमा महत्वपूर्ण याेगदान पुग्न सक्ने अाशा लिन सकिन्छ ।


© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij