लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले श्री चिन्तामणि भट्टराईलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चुनेको छ । नवनियुक्त अध्यक्ष श्री चिन्तामणि भट्टराईले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री चिन्तामणि शिवाकोटीज्यू समक्ष मिति २०७५-०६-०४ गते पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री नारायण प्रसाद पौडेल, लुम्बिनी विकास बैंक लि. सञ्चालक श्री प्रविण कृष्ण श्रेष्ठ, सञ्चालक श्री प्रताप कुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा कम्पनी सचिव प्रजन प्रधानको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij