२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लिपुलेक प्रकरणमा आज पक्रिएका सबै जना रिहा

लिपुलेक प्रकरणमा आज पक्रिएका सबै जना रिहा

काठमाडौँ– लिपुलेकमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरेको विरोधमा प्रदर्शन गर्दा पक्राउ परेका ३५ जनालाई प्रहरीले रिहा गरेको छ। साथै प्रहरीले पक्राउ परेका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातलाई पनि प्रहरीले छाडेको छ। उनीहरु पनि विरोध प्रदर्शनकै क्रममा पक्राउ परेको भएपनि प्रहरीले भने लकडाउन उल्लंघन गरेकाले पक्राउ गरेको दावी गरेको छ।

नेपालको भूमि लिपुलेक हुँदै भारतले शुक्रबार एकतर्फी रुपमा सडक उद्घाटन गरेपछि त्यसको विरोधमा राजधानीको माइतिघर मण्डलाका साथै भारतीय दुतावास अगाडि विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए।

मेट्रो प्रहरीका प्रमुख डिआइजी विश्वराज पोखरेलका अनुसार प्रहरीले अहिले सबैलाई छाडिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij