२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टर पदमा बालकृष्ण बुर्लाकोटी अत्याधिक मतले विजयी

लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टर पदमा बालकृष्ण बुर्लाकोटी अत्याधिक मतले विजयी

काठमाडाैँ । मानवीय सेवामा क्रियाशील अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी विजयी हुनुभएको छ ।

लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्व गभर्नर बुर्लाकोटी जेठ २१ र २२ गते भएको मल्टिपल कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टरमा विजयी हुनुभएको हो ।

आज भर्चुअल माध्यमबाट भएको निर्वाचनमा बुर्लाकाेटीले अर्का उम्मेद्वार खगेन्द्र सिटौलालाइ पछि पार्दै विजयी हुन सफल हुनुभएकाे हाे ।

अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अन्तरगत रहेर बुर्लाकाेटीले आफ्नाे  कार्यकालमा १०० वटा क्लब खोलेर विश्व रेकर्ड बताउनु भएको थियो । साथै उहाँले २ हजार ८ सय ६३ मेम्बरसिप ग्रोथ तथा सय वटा एमजेएफ कन्ट्रिव्युसन गराउन समेत उहाँ सफल हुनुभएको थियो ।

लायन्समार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउनुभएका बुर्लाकाेटी लायन्स क्लबमा आवद्ध सम्पूर्ण सदस्यहरूकाे मनमुटुमा बास बस्न सफल व्यक्ति हुनुहुन्छ ।

सफल नेतृत्वदायी क्षमताका बुर्लाकाेटी कामबाट नै आफ्नाे क्षमता प्रस्तुत गर्ने बहुआयामिक व्यक्तित्व हुनुहुन्छ ।

आफूले नेपाललाई संसारभर चिनाउन निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता बुर्लाकाेटीले जनाउनुभएकाे छ ।

साथै आफ्नाे कार्यकालमा नेपालमा धेरै भन्दा धेरै परियोजनाहरु भित्र्याउन आफू सफल हुनेमा ढुक्क रहन समेत बुर्लाकाेटीले लायन्स सदस्यहरूलाइ विश्वस्त गराइसक्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij