काठमाडौं । यातायात व्यवस्था विभागले लाइसेन्स परिक्षाको अनलाईन फारम साउनको पहिलो हप्तादेखि पुन सुचारु गर्ने भएको छ । आन्तरिक हिसाब तथा अडिट गर्न १ महिनादेखि रोकिएको अनलाइन फारम पुन सुरु हुने भएको हो ।

विभागले १ महिनाको लागि देशभर मोटरसाइकल, कार लगायतको सवारी लाइसेन्स परिक्षाको अनलाईन फारम बन्द गरेको थियो । अनलाइन फारम देशभर साउन पहिलो हप्ताबाट सुचारु हुने विभागका निर्देशक तुलसी अर्यालले बताए ।
उनका अनुसार छिटो लाइसेन्स लिनको लागि सेवा पुन सुचारु भएको छ । विभागले ड्राइभर भिसामा विदेश जान चाहने, नेपाली सेना, नेपाल प्रहरी, मिसनमा जान चाहने व्यक्तिका लागि इमर्जेन्सि लाइसेन्स वितरण गर्दै आएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij