२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लकडाउन जेठ ५ सम्म लम्बियाे, अन्तर्राष्ट्रय उठान जेठ १८ सम्म ठप्प हुने

लकडाउन जेठ ५ सम्म लम्बियाे, अन्तर्राष्ट्रय उठान जेठ १८ सम्म ठप्प हुने

काठमाडौं । नेपाल सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो । तर प्रधानमन्त्री केपी शर्मा त्यसमा सहमत भएनन् । भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको अवस्थामा त्यसकाे असर नेपालमा पनि पर्न सक्ने र नेपालमा टेस्ट पनि कम भएको कुरालाइ विचार गर्दै तत्कालकाे लागि लकडाउनमा कडाइ गर्दै लम्ब्याउने निर्णय गरिएकाे हाे ।

बुधबारको मन्त्रिपरिषद् बैटकमा पनि प्रधानमन्त्रीओलीले अहिले नेपाल खतरामुक्त नभएको र जोखिमका आधारमा रातो, पहेालो र हरियो क्षेत्र छुट्याउने बेला नभएको बताए ।

मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । साथै भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij