२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

लकडाउनलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

लकडाउनलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

u[xdGqL yfkf–:jf:Yo s]Gb| pb3f6g lrtjgsf] sflnsf gu/kflnsf–^ df /x]sf] h'6kfgL k|fylds :jf:Yo s]Gb|sf] gjlgld{t ejg a'waf/ pb3f6gkl5 dGtJo JoQm ub}{ u[xdGqL /fdaxfb'/ yfkf . t:jL/ M gf/fo0f clwsf/L, lrtjg, /f;;

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लकडाउन कार्यान्वायन र सामाजिक दूरी कायम गर्ने विषयमा प्रहरीको अहम् भूमिका रहने भन्दै त्यसको प्रवाभकारी कार्यान्वयन गराउन प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् । प्रहरी वरिष्ठ उपरीक्षकबाट बढुवा भएका १० प्रहरी नायब महानिरीक्षकलाई सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको वर्तमान अवस्थामा सीमा नाकामा थप कडाइका लागि विशेष ध्यान दिन आग्रह गरे ।

गृहमन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री थापाले भने, ‘राज्यले विश्वास गरेर तपाईंहरूलाई यो जिम्मेवारी प्रदान गरेको छ, जिम्मेवारी इमान्दारीपूर्वक पालन गर्दै सृजनात्मक ढङ्गले काम कारवाही अघि बढाउनुहोस् ।’
मुलुक कोरोना विरुद्धको लडाइँमा रहेको अवस्थामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गरिरहेको उल्लेख गर्दै गृहमन्त्री थापाले राज्यको रणनीति सफल भए हामीले यो लडाइँ जित्ने बताए । उनले लकडाउनको समयमा नागरिकलाई कुनै समस्या भए तत्काल पूरा गर्नतर्फ अग्रसर हुनसमेत अनुरोध गरे । ‘सबै प्रदेशको आ–आफ्नै विशेषता छ, त्यसलाई मनन गर्दै काम गर्नुहोस्, प्रदेश सरकारसँग राम्रो समन्वय गर्नुहोस्’, गृहमन्त्री थापाले प्रदेश प्रमुख भएर जाने प्रहरी अधिकृतलाई निर्देशन दिँदै भने ।
गृहसचिव महेश्वर न्यौपानले बढुवा भएका डिआइजीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै सुरक्षाकर्मीको सानो गल्तीको बढाई चढाई हुने गरेको उल्लेख गर्दै विशेष चनाखो रहन आग्रह गरे । नेपाल सरकार, गृहमन्त्रीस्तरको वैशाख ७ को निर्णयअनुसार एसएसपीहरु घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसीलाई डिआइजीमा बढुवा गरिएको थियो । प्रहरी प्रधान कार्यालयले सबै डिआइजीको पदस्थापनसमेत गरिसकेको छ ।

प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार हाल नेपाल प्रहरीको प्रदेश नं १ मा डिआइजी ईश्वरबाबु कार्की, प्रदेश नं २ मा धीरजप्रताप सिंह, वाग्मती प्रदेशमा वसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश नं ५ मा रवीन्द्रबहादुर धानुक, कर्णाली प्रदेशमा वसन्तकुमार पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij