आफ्नो देश भन्दा टाढा रहेर पनि नेपाली गीत संगीत लार्इ माया गर्ने गायक रेन्जी शेर्पाले पहिलो पटक आफ्नै आवाज दिएको गीत सार्बजनिक गरेका छन् । अङ्ग्रेजी नयाँ बर्षको अवसर पादैं उनले ‘मेरो स्वर्ग’ बोलको गीत सार्बजनिक गरेका हुन् ।
पप शैलीमा तयार पारिएको गीतलाई रेन्जीले फरक तरिकाले गाएका छन् । पछिल्ला समय नाम चलेका संगीतकार हर्कुसल बस्नेतको शब्द संगीत रहेको उक्त गीतलाई चर्चित गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीले संगीत संयोजन गरेका हुन् ।

अमेरिका र जर्मनका रमणीय स्थानमा छायांकन गरिएको उक्त गीतको भिडियोमा येशी डोल्मा अनि गायक स्वयमलाई फिचरिङ् गरिएको छ । गीतको भिडियोलाई तेन्जिङ्ग छिन्ले र सुनिल गुरुङले छांयाकन, सम्पादन र निर्देशन गरेका हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij