रुपन्देही संवाददाता । भैरहवाका अधिकांश निजी औषधी पसलहरुले औषधी पसलको आडमा क्लिनिक संचालन गरेको पाईन्छ । स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० लाई लत्याउँदै यहाँका अधिकाँश औषधी पसलले चिकित्सक राखेर क्लिनिकको नाममा राजश्व छलि गरिरेका छन् ।
त्यसको ज्वलन्त उदाहरण हो भैरहवाको बर्मेलीटोलमा रहेको शिवम् क्लिनिक ।
शिवम् क्लिनिकका चिकित्सक डा. निरज कुमार जयसवालले औषधी पसलको आडमा विरामी भर्ना गरेर समेत राख्ने गरेका छन् । साउन ३२ गते धकधईका रवि चौधरी शिवम क्लिनिकमा भर्ना भई उपचार गराए ।
उनलाई गत विहिबार पेट दुखेर उनी भैरहवा भिम अस्पतालमा उपचारका लागि गए । त्यहाँ उपचार नहुने भनि फर्काएपछि शिवम क्लिनिकका चिकित्सक डा. निरज जैसवालले चेकजाँच गरी उनलाइ आफ्नै निजी क्लिनीकमा भर्ना गरेर उपचार गरे ।
विरामीले उपचार पाउनु र चिकित्सकले उपचार गर्नु अधिकार र मानविय कार्य अवश्य हो तर त्यसमा जोडिएका कानुनी कुराको वर्खिलाप कसैले पनि गर्नुहुँदैन भन्ने हो । स्वास्थ्य संस्था स्थापना,संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० अनुसार निर्देशिका अनुसारको मापदण्ड पूरा गरि कम्तिमा १५ बेड सम्मको अस्पतालमा भर्ना गर्न सकिने गरि व्यवस्था गरिएको छ । त्यसका लागि निश्चित कोठा, साधनहरु केठाका क्षेत्रफलहरुको व्यवस्था गरेको छ ।
शिवम क्लिनिक न त निर्देशिकाको दफा २२ अनुसार नै रहेको पाईनछ न त दफा १७ (ग) अनुरुप नै रहेको छ । निर्देशिकाको दफा २२ मा विरामी जाँच्ने कोठा १४ बर्ग मिटरको हुनुपर्ने, सेवा शुल्क सबेले देखिने गरि राख्नुपर्ने, विरामी कुर्ने ठाउँ हुनुपर्नेछ भनि स्पष्ट उल्लेख गरेको छ ।
यसरी क्लिनिकको रुपमा रहेको शिवम क्लिनिकले नियम विपरीत अस्पतालमा जस्तै गरी विरामी भर्ना गरेर उपचार गर्दा एकातर्फ निर्देशिकाको उल्लँघन गरेको छ भने अर्को तर्फ विरामीबाट लिईने स्वास्थ्य सेवा कर पनि राज्यकोषमा जम्मा नहुने देखिन्छ । यसतफै सम्वन्धित निकायको बेलैमा ध्यान जानुपर्छ कि ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij