काठमाडौं । लकडाउनका बेला गरिब, दुःखीलाई राहत दिन कुहिएको दाल बेच्ने एकजना मेयरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई बयानका नियन्त्रणमा लिएको जनाएको छ ।
बाराका एसपी कृष्ण पंगेनीका अनुसार मेयर रायले लकडाउनका कारण समस्यामा परेका परिवारलाई राहत बाँड्न बिक्री गरेको दाल कुहिएको पाइएपछि उनलाई बयानका लागि नियन्त्रणमा लिइएको हो । यसअघि प्रहरीले केही वडाका वडाअध्यक्षलाई पनि नियन्त्रणमा लिएको थियो ।
कुहिएको दाल बिक्री गरेको पाइएपछि प्रशासनले कलैया उपमहानगरपालिका–७ मा मेयर रायले सञ्चालन गरेको यादव चिस्यान गोदाममा शनिबार सिलबन्दी गरेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij