२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

राष्ट्रिय सभाका उम्मेदवारहरुले आज नाम फिर्ता लिन सक्ने 

राष्ट्रिय सभाका उम्मेदवारहरुले आज नाम फिर्ता लिन सक्ने 

 

 

राष्ट्रिय सभा निर्वाचनमा आज नाम फिर्ता लिन सक्ने कार्यतालिका रहेको छ।

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन अन्तर्गत उम्मेदवारी दिएका ५२ जना उम्मेदवारहरूले आज आफ्नो नाम फिर्ता लिन सक्ने जनाएको छ । आयोगका अनुसार उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आजै गरिने छ ।
आयोगका अनुसार आजै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।

अन्तिम नामावली प्रकाशन पछि शनिबार उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका रहेको छ।

माघ ११ गते हुने निर्वाचनका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij