
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी र आर्थिक सल्लाहकार नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवर र प्रमुख आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाललाई नियुक्त गरेका हुन् ।
नेपालले दुईदिनअघि निर्णय भएर बुधबार नियुक्ति पाएका हुन् ।
राष्ट्रपतिकाे कानुनी सल्लाहकारमा भने बाबुराम कुवँरले नियुक्ति पाएका हुन् ।
कुँवर गण्डकी प्रदेशको पहिलो प्रदेश प्रमुख हुन् । उनी पूर्व प्रधानमन्त्री शुशील कोइरालाको कार्यकालमा सरकारको महान्यायाधिवक्ता थिए ।
पाल्पा स्थायी घर भएका चिरञ्जिवी नेपालले आफू नेपाल राष्ट्र बैंककाे गभर्नर हुँदा बैंकहरूकाे पुँजी वृद्दि र मर्जरकाे नीति लिएका थिए । अहिले सम्म पनि नेपालकाे बैंकिङ क्षेत्र त्यही नीति अनुसार अघी बढिरहेकाे छ ।
नेपाल आर्थिक क्षेत्रका विज्ञ र सफल गभर्नर मानिनन्छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij