
काठमाडौं । राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । संवैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्म निरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा वृहत प्रदर्शन गर्न लागेको हो ।
अपरान्ह भृकुटीमण्डपबाट प्रारम्भ हुने उक्त प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ ।
राप्रपाले आजको प्रदर्शनमा ५० हजार भन्दा बढीलाई उतार्ने दावी गरेको छ ।
राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij