२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

राप्रपाप्रति जनताको अगाध आस्था, विश्वास र भरोसा छः ठकुरी

राप्रपाप्रति जनताको अगाध आस्था, विश्वास र भरोसा छः ठकुरी

 यम बहादुर खाँड ठकुरी, प्रतिनिधिसभा सदस्य उम्मेदवार राप्रपा, तनहुँ – २

समाजसेवी स्वभावका पूर्व शिक्षक यम बहादुर खाँड ठकुरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट तनहुँ क्षेत्र नं. २ बाट उम्मेदवार हुनुहुन्छ । हिन्दु राज्य र राजसंस्था पूनस्थापना गर्ने उद्देश्यले चुनावमा उठ्नु भएका ठकुरी आध्यात्मिक आचरण भएको व्यक्ति हुनुहुन्छ । धार्मिक सस्कारलाई व्यवहारमा उतार्ने व्यक्ति हुनुहुन्छ । जनताको सेवा नै धर्म हो भन्ने आदर्श बोक्नु भएका ठकुरी जस्तो बोले उस्तै पुर्याउनुपर्छ भन्ने स्वभावका हुनुहुन्छ । उहाँ सरल र सत्यवादी व्यवहारका हुनुहुन्छ । प्रस्तुत छ राप्रपा उम्मेदवार यम बहादुर खाँड ठकुरीसँग गरिएको कुराकानीः

तपाई राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा तनहुँ क्षेत्र नं. २ बाट उम्मेदवार बन्नु भएको छ । कस्तो लागिरहेको छ ?
राप्रपा जस्तो राजसंस्थावादी, हिन्दुवादी, भ्रष्टाचार विरोधी र विकासवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा तनहुँ २ बाट उम्मेदवार बन्न पाउँदा म मनैदेखि खुसी र उत्साहित भएको छु । राप्रपा जस्तो इमान्दार र सत्यनिष्ट उद्देश्य बोकेको पार्टीबाट चुनावमा उठ्नु पाउन आफैमा सुखद क्षण हो । मलाई मनैदेखि राजसंस्था र हिन्दुधर्मको माया छ । म चाहान्छु चाडो भन्दा चाडो नेपालमा राजसंस्था र हिन्दु राज्य पूनस्थापना होस् । हिन्दु धर्मको माया बोकेर चुनावी मैदानमा छु । म राजसंस्था र हिन्दुराज्य पूनस्थापनाका लागि सधै संघर्षरत रहदै आएको छु । संघर्ष गरिरहेछु । म राप्रपाले लिएको यहि एजेण्डालाई सफल पार्न चुनावी मैदानमा उत्रिएको हुँ । विगतमा जे भयो, भयो यस पटक यो राप्रपाले जित्ने क्षेत्रका रुपमा स्थानीय वासिन्दाले मूल्याङ्गन गर्नु भएकोमा म मनदेखि उतसाहित पनि छु । यस क्षेत्रमा मेरो वेग्लै परिचय छ । यस क्षेत्रमा राजनीति गरे, समाजसेवा पनि गरे । अब चुनाव पनि यहि उठिरहेको छु । आगामी दिनमा पनि यहीँका जनताको सेवा गर्ने प्रण गर्दछु । मलाई यस क्षेत्रका जनताले तपाई राप्रपाबाट चुनावमा उठ्नुपर्यो, हामी जिताउँछौ भनेको अवस्था हो । मलाई लाग्छ म पक्का जित्छु, र यहीँबाट राप्रपाको एजेण्डा स्थापित गर्ने काम हुनेछ । म राप्रपा भएपनि सबै जनतालाई समान व्यवहार गरिरहेको छु । सरसर्ती भन्नुपर्दा हिन्दु राज्य र संवैधानिक राजसंस्थाको पक्षमा जनमत बढ्दै गएको छ । त्यसैले मैले जित्ने आधार धेरै छ । म जितेपछि पनि सबै मतदाताको मतलाई सम्मान गरेर अघि बढ्नेछु ।

यस क्षेत्रमा राप्रपाको सङ्गठन कस्तो छ ?
स्पष्ट रुपमा भन्नुपर्दा राप्रपा फरक धारको पार्टी हो । संवैधानिक राजसंस्था र हिन्दु राज्य राप्रपाको प्रमुख एजेण्डा हो । यदि जनमत संग्रह गर्ने हो भने यहि एजेण्डामा बहुमत आउने पक्का छ । एकातिर यस्तो अवस्था छ भने अर्को तिर राप्रपाको सङ्गठन विगत भन्दा हजार गुणा बढ्दै पनि गएको छ । कसैले राप्रपालाई होच्याउन सङ्गठन छैन भने पनि हाम्रो पार्टीको सङ्गठन दिनदिनै बढ्दै गएको छ । जनताले यस पटक यम बहादुरलाई जिताउँछु भनेको अवस्था छ । तनहुँमा मात्र हैन देशै भर राप्रपाको पक्षमा लहर छ । राप्रपा विकासवादी पार्टी हो । अब यो पार्टीलाई जिताउने बेला आएको छ । अहिले हामीलाई नजिताए कहिले जिताउने ? म आम मतदातालाई भन्न चाहन्छु, तपाईहरुको विश्वासको मत यस पटक मलाई चाहियो, राप्रपालाई चाहियो । हामी स्पष्ट एजेण्डामा मत मागिरहेका छौं ।

जनताले राप्रपालाई नै किन जिताउने ?
राप्रपा राष्ट्रवादीहरुले भरिएको पार्टी हो । पहिलो कुरा राप्रपा जन्मजात इमान्दार र भ्रष्टाचार विरोधी पार्टी हो । देशबाट भ्रष्टाचार निवारण गर्न राप्रपाले स्पष्ट वहुमत ल्याउनु पर्छ । हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘घुस खानु भनेको आमाको रगत खानु सरह हो’ भन्नु भएको छ । यहि आदर्शका कारण हाम्रो मत बढेको हो । हामी जित्दै छौं । हामी स्पष्ट रुपमा राजावादी र हिन्दुवादी भएकाले हामीलाई नै हिन्दुवादी र राजावादीले जिताउँदै छन् । यस पटकका निर्वाचनमा भ्रष्टाचार विरोधीले जित्दैछौ, यस पटक विकासवादीले जित्दैछौ । यस पटक राजसंस्थावादीले जित्दैछौं । यस पटक हिन्दुवादीले जित्दैछौं । हाम्रो एजेण्डा स्पष्ट छ, हामी वर्तमान व्यवस्थामा फेरवदल चाहान्छौं । संवैधानिक राजसंस्था र हिन्दुराज्य स्थापना गर्नु हाम्रो ‘वटम लाइन’ हो । यो निर्वाचनलाई हाम्रो एजेण्डा स्थापित गर्ने आन्दोलनको रुपमा लिइरहेका छौं । संसदबाटै हिन्दु राज्य र संवैधानिक राजसंस्था स्थापित हुनेछ भन्ने विश्वास लिएका छौं ।

राप्रपा फरक धारको पार्टी हो । संवैधानिक राजसंस्था र हिन्दु राज्य राप्रपाको प्रमुख एजेण्डा हो । यदि जनमत संग्रह गर्ने हो भने यहि एजेण्डामा बहुमत आउने पक्का छ । एकातिर यस्तो अवस्था छ भने अर्को तिर राप्रपाको सङ्गठन विगत भन्दा हजार गुणा बढ्दै पनि गएको छ । कसैले राप्रपालाई होच्याउन सङ्गठन छैन भने पनि हाम्रो पार्टीको सङ्गठन दिनदिनै बढ्दै गएको छ । जनताले यस पटक यम बहादुरलाई जिताउँछु भनेको अवस्था छ । तनहुँमा मात्र हैन देशै भर राप्रपाको पक्षमा लहर छ । राप्रपा विकासवादी पार्टी हो । अब यो पार्टीलाई जिताउने बेला आएको छ ।

यस पटकको निर्वाचनमा राप्रपाको कस्तो अवस्था रहला ?
धेरै राम्रो हुनेछ । सान्दार हुनेछ । जनताले राप्रपालाई निर्णय गर्ने ठाउँमा पुर्याउँदै हुनुहुन्छ । हामी पहिलो पार्टी हुने उद्देश्यका साथ चुनावी मैदानमा छौ । ‘हलो’ प्रति जनताको अगाध आस्था, विश्वास र भरोसा छ । अब हामीले अहिले नजिते कहिले जित्ने ? यहि निर्वाचनबाटै हाम्रा एजेण्डा स्थापित हुनेछ ।

राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउला त ?
अवस्य आउँछ, राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउनेमा हामीले विश्वास लिएका छौं । हाम्रो पहिलो भरोसा हिन्दु नै हुन । यो देशमा ९० प्रतिशत भन्दा बढी हिन्दु छन् । त्यसैले हामीलाई हिन्दुहरुको साथ सहयोग र माया चाहिएको छ । यो निर्वाचनमा हिन्दु धर्म र राजसंस्था मान्नेले शक्ति प्रदर्शन गर्नु पर्छ । हिन्दु भन्ने हिन्दुलाई मत नदिने पनि हुन्छ । पक्का छ हिन्दुहरुको सबै मत राप्रपालाई आउँछ, मलाई आउछ ।

अन्तमा तपाईको मतदातालाई सन्देश दिनुस् न ?
यस पटक विकासवादीलाई रोजिदिनु होला । हिन्दुवादीलाई रोजिदिनु होला । राजावादीलाई रोजिदिनु होला । तनहुँ क्षेत्र नं. २ बाट पनि हाम्रो एजेण्डाको अनुमोदन हुनेछ भन्ने विश्वास लिएको छु । मलाई अरु पार्टीको झण्डा हेरेर होइन मन मित्रको मत दिनु होला । मलाई सबै मतदाताले अमुल्य मत दिएर साथ सहयोग गरिदिनु होला । यो राम्रो अवसर हो, अवसर छ, राप्रपालाई जिताउनु होला ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij