नेकपा (एमाले)का नेता गाेकर्ण विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्ति राष्ट्र हितमा नभएकाे भन्दै विराेध जनाएका छन् ।
महतोले बुधबार पदभार ग्रहणका क्रममा बहुल राष्ट्रिय राज्य स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका थिए ।
उपप्रधानमन्त्री राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल हुने भन्दै गाेकर्ण विष्टले टिप्पणी गरेका हुन् ।
जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेकाे विष्टले बताएका छन् ।
महतोको अभिव्यक्तिलाइ लिएर अहिले विभिन्न क्षेत्रबाट विरोध हुँदै आइरहेकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij