
अहिले नेपालको आयात निर्यात बीचको खाडल बढिरहेको अवस्थामा पनि नेपाली जुत्ता उद्योगहरु प्रति आकर्षण बढ्नु खुसीको विषय नै रहेको बताउँदै छिटै नै नेपाली जुत्ता क्षेत्र आत्मनिर्भर बन्ने र आयात विस्थापन मार्फत राष्ट्रको अर्थतन्त्रलाई माथि उठाउन विशेष भुमिका खेल्ने समेत आयोजकहरुको धारणा छ ।
मेलाका विशेषताहरु :
मेलामा नेपालका चर्चित ब्राण्डका जुत्ताहरु एकै ठाउँमा उपलब्ध छन् । साथै मेलामा कम्पनीको आधिकारिक विक्री मुल्यको तुलनामा २५ प्रतिशत छुट उपलब्ध हुनुको अलावा क्रेताले आफुसँग भएको जस्तोसुकै पुरानो जुत्ता लिएर आएपनि त्यसको न्युनतम ५ सय रकम मुल्याङ्कन गरी उक्त रकम छुट पछि हुन आउने रकमबाट घटाएर जुत्ता लिन सकिनेछ ।
यसरी जुत्ता लिँदा शुरुमा आधिकारिक मुल्य २५०० रहेको जुत्तामा उपलब्ध हुने छुट २५ प्रतिशत बापत ६२५ घटाइनेछ । त्यस पश्चात हुन आउने १ हजार ८ सय ७५ रुपियाँ मध्येबाट एक्सचेन्ज बापत ५ सय घटाई बाँकी १ हजार ३ सय ७५ रुपियाँमा उक्त जुत्ता लिन सकिनेछ ।
साथै एक्सचेन्ज मेला नेपाल जुत्ताचप्पल उद्योगी व्यवसायी संघकै आयोजनामा सञ्चालन गरिएकोले उपभोक्ता ठगिन सक्ने तर्फ कसैले पनि शंका नगर्न समेत संघका अध्यक्षको आग्रह छ ।
एक्सचेन्ज मेलामा १ हजार ९ सय ९५ देखि ४ हजार १ सय रुपियाँ सम्मका विभिन्न १ हजार डिजाइनको हाराहारीमा जुत्ता उपलब्ध रहेको समेत बताइएको छ । मेला हरेक दिन विहान ९ बजे देखि बेलुका ८ बजे सम्म खुल्ला रहनेछ । साथै शनिवार समेत मेला खुल्ला रहनेछ ।
साथै उपभोक्ताहरुको अनुकुलता र समयलाई ध्यानमा राखि जुत्ता एक्सचेन्ज मेलाको कार्यक्षेत्र समेत विस्तार गरिएको छ । अब जुत्ता मेला पद्दमोदयमोड जुत्ता एक्सचेन्ज मेला, फेसन एण्ड शुज पार्क (सुन्धारा) र ललितपुर मल मध्ये अाफूलार्इ अनुकुल पर्ने कुनै एक ठाउँबाट जुत्ता एक्सचेन्ज सेवा लिन सकिनेछ ।
पद्दमोदयमोड जुत्ता एक्सचेन्ज मेला सिंहदरबारबाट पुतलीसडक हुँदै काठमाडौं फनपार्क जाँदा बायाँ पट्टिको पद्दमोदय क्याम्पस सँगै रहेको छ । सुन्धाराको फेसन एण्ड शुज पार्क धरहराबाट भोटेवहाल जाँदा ५० मिटर अगाडि (विजुलीहरुको होलसेल भए पट्टि) दाहिने तर्फ पर्छ । यसैगरी ललितपुरमा भने पाटन अस्पतालको अगाडि रहेको ललितपुर मलको पहिलो तल्लामा (भर्याङ सँगै) छ । जुन साझा बसको स्टप सँगै पर्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij