
नेपाल सरकारले कृषि क्षेत्रलाई लक्षित गरेर जति रकम विनियोजन गरेको छ, त्यो प्रयाप्त छ, यसलाई सही तवरले खर्च गर्न नसक्नु नै हाम्रो लागि ठूलो समस्या बनेको छ । कृषि उत्पादकत्व वृद्धि तथा बजारीकरणको लागि विनियोजन गरिएको बजेट मध्येको ठूलो रकम कागजपत्र मिलाउने क्षमता भएका व्यक्तिको हातमा पुगेको छ । तर वास्तविक किसान र पहुँच नभएकाहरुले त्यो बजेटबाट कुनै लाभ लिन सकेका छैनन् ।
सरकारले विनियोजन गरेको कृषि बजेट रकम सराहनीय छ । जुन प्रयाप्त छ । यद्यपि सरकार सही किसान पहिचान गरी उपलब्ध गराउनमा चुकेको छ । अहिले सरकारले विनियोजन गरेको बजेट क्षेत्रगत रुपमा कृषिका फरक फरक उत्पादन ( अन्नबाली, फलफूल, तरकारी, दाल, तेल, माछा, मासु, दूध दहीमा ९ महिना भित्र नै आत्मनिर्भर बन्न सक्छ । यसको लागि नेपाल सरकारले प्रभावकारी रुपमा काम गर्नु जरुरी छ ।

नेपालमा कृषि क्षेत्र पहिले देखि नै समस्याको रुपमा रहँदै आएको छ । कृषि क्षेत्रबाट मानिसहरु अन्य क्षेत्रमा आकर्षित भइरहेका छन् । यद्यपि अन्य जुनसुकै क्षेत्रमा संलग्नरहेका मानिसहरुले यो पनि बुझ्नुपर्छ कि पेशाको विकल्प हुन सक्छ तर अन्नको विकल्प हुँदैन ।
नेपालमा अहिले मकै र धान रोप्ने समय छ । अन्य बर्षेबाली र तरकारीहरु पनि रोप्न सकिन्छ । प्रत्यक्ष कृषिमा जोडिएका कृषकलाई आवश्यक बिऊ, मल, विषादी, तालिम, प्रविधि र सहुलियत जस्ता आकर्षक प्याकेज ल्याएको खण्डमा नेपालीहरु सहजै कृषिमा आकर्षित हुन सक्छन् । अब नयाँ आउने बजेटमा यस कुरालाई सम्बोधन गर्नु जरुरी छ ।
अब नेपालमा बाँझो रहेका जग्गा प्रयोगमा ल्याउनु जरुरी छ । बल हुनेसँग जग्गा छैन, जग्गा हुनेसँग बल छैन । यो तालमेल बुझाउन सके नेपालमा सहजै कृषि उत्पादन बढाउन सम्भव छ ।
सरकारले विनियोजन गरेको कृषि बजेट रकम सराहनीय छ । जुन प्रयाप्त छ । यद्यपि सरकार सही किसान पहिचान गरी उपलब्ध गराउनमा चुकेको छ । अहिले सरकारले विनियोजन गरेको बजेट क्षेत्रगत रुपमा कृषिका फरक फरक उत्पादन ( अन्नबाली, फलफूल, तरकारी, दाल, तेल, माछा, मासु, दूध दहीमा ९ महिना भित्र नै आत्मनिर्भर बन्न सक्छ । यसको लागि नेपाल सरकारले प्रभावकारी रुपमा काम गर्नु जरुरी छ ।
विषादी र रासायनिक मलको प्रयोगले माटोमा अम्लीयपन बढ्छ । यसलाई घटाउँदै लैजानुपर्छ । तर नेपालमा माटाको गुणस्तर त्यति धेरै बिग्रिसकेको छैन, जति हल्ला भइरहेको छ । अब माटोलाई विषादीरहित बनाउन किटनियन्त्रक घरमा नै बनाउन सकिन्छ । यसले नै माटोमा मल, भिटामिन, औषधी र विषादीको रुपमा काम गर्न सकिन्छ । यसको लागि विशेष ग्रामीण जडिबुटीहरु समेत प्रयोग गर्न सकिन्छ । यो कसरी गर्ने भन्ने सम्बन्धमा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग परामर्श गर्नु आवश्यक रहन्छ । ग्रामीण क्षेत्रमा गाइभैंसीको मल, हरियो मल, सोत्तर, कम्पोष्ट मल लगायत उत्पादनको लागि प्रभावकारी हुन सक्छन् । यस कार्यलाई प्रभावकारी बनाउन कृषिमा प्रभावकारी तालिम प्रदान गर्नु आवश्यक छ । तालिम देखावटी मात्र भएर हुँदैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij