काठमाडौँ, २९ माघः ‘बजाज माइलेज च्याम्पियन’को उपाधि मोहन कुमार महतोले जितेको छ ।सोमबार सम्पन्न कार्यक्रममा प्रतिलिटर ९६.३ कि.मिको दुरी पार गर्दै महतोले उक्त उपाधि जितेको हो ।
१०२ जना प्लाटिना राइडरहरुले सहभागी रहेको कार्यक्रममा प्रतिलिटर ८८.२ कि.मि दुरी पार गर्दै सिद्धान्त प्रसिद्ध शाहले दोस्रो र प्रतिलिटर ८६.४ कि.मि पार गर्दै राहल कुमार शाहले तेस्रो स्थान हासिल गर्नुभएको छ ।
आम ग्राहकवर्गलाई बजाज प्लेटिनाको माइलेज र विशेषताबारे जानकारी दिन उक्त च्याम्पियन गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा ४०० जना भन्दा धेरै मानिसहरुको उपस्थिति रहको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij