२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

मेरो गाउँमा सिंहदरबार-प्रदिप नेपाल

मेरो गाउँमा सिंहदरबार-प्रदिप नेपाल

डिल बहादुर लामा-नुवाकोट ।मेरो गाउँमा गत २ बर्ष देखि सिंहदरबार छ। सिंहदरबार गयपछी कुर राणा सासन कस्तो थियो सजिलै अनुमान गर्न सकिन्छ। मेरो सिंहदरबार हुन त दरबारमा बस्ने सिंहहरु हाम्रै बथानबाट गयका थिय एहि कुराले मलाइ लाग्छ हाम्ले छानेको सिहं खराब कि छान्ने हामीहरु ।सानो तिनो कुरामा अल्झेर बस्दैन मेरो सिहं दरबार उस्लाइ पनि ठूलो भागको बानी परिसक्यो। अब ,साच्चै कति सानको छ
मेरो सिंहदरबारमा आफ्ना मान्छेले सजिलै सेवा पाउछन भुकम्पको राहतको कुरा देखि , सिम, किटानक औषधिहरु बिउहरु बिना सुचना आफ्ना मान्छेको घरमा पुग्छन कहिलेकाहीँ उनिहरुको स्वार्थमा म उनिहरुको आफ्नो मान्छे बन्न पुग्दछु अनि मलाइ तुरुन्त सेवा आयकोको देखेर म खुशी हुन्छु अनि आफ्नै छिमेकीहरुलाइ खुच्चिम खुच्चिम को शैलिमा गिज्याउछु
साच्चै मेरो सिहंदरबारले कहिलेकाही सत्य बोल्न सक्दैन किनकी उस्लाइ आफ्नो अर्को समय सम्मको सत्ता जोगाउनु छ ।

फेरि, मेरो सिहंदरबार सोझा साझा जनता पाय जनताको उठिबास लाग्ने गरि डोजर चलाइदिन्छ सकेको सबै गर्न खोज्छ अनि कानुन समेत मिच्च अनि भन्छ हाम्रो गल्ती भयो ।साच्चै मेरो सिहंदरबार हेपाह छ उस्ले नगरले भनेको कुरा टेरपुच्छर लाउदैन सक्दो आफ्नो फाइदा लिन खोज्दछ हाम्रो सानो कुरा सिडियो कार्यलय सम्म नपुगी सुन्दैन साच्चै कति हेपाह छ मेरो गाउको सिंहदरबार । सामाजिक काम गर्ने सामाजिक संस्थालाइ काम गर्न दिदैन। भन्छ “आफ्नो सुरक्षा आफै गर्नु पर्छ ” जता फाइदा देख्छ उतै लाग्छ मेरो सिंहदरवार ।

अब हरेक क्षेत्रबाट जनता उठ्नु पर्छ आगामी चुनाब मा सिंह छान्दा बिचार गरिनु पर्छ कुन सापलाइ दूध पिलाउने हो भनेर। अब, जुन साप कम बिषालु हुन्छन उसैलाइ सिंह छान्नुपर्छ किनकी हर सापमा बीष हुन्छ। हो ,साच्चै मलाइ मेरो गाउको सिंह दरबार घाडो हुन लागेको छ ।मेरो गाउको सिंहदरबार देखि आश हराएको छ ।

-लेखक:-प्रदिप नेपाल
बेलकोटगढी-६ देउराली,नुवाकोट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij