२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

मेयरले समाते घुस लिने आफ्नै कर्मचारी

मेयरले समाते घुस लिने आफ्नै कर्मचारी

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सेवाग्राहीसँग घुस लिने आफ्नै कर्मचारीलाई समातेका छन् । सेवाग्राहीबाट घुस लिएको सूचना पाएपछि मेयर पराजुलीले घर जग्गा सम्पत्ति कर शाखामा कार्यरत् खरिदार तिलकमणि पोखरेललाई पक्राउ गरेका हुन् ।

पोखरेलले सेवाग्राहीबाट साढे ११ हजार रुपैयाँ घुस लिएका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय, इटहरीमा बुझाउने तयारी भइरहेको छ । पोखरेलले अर्किड स्कुलको नयाँ भवन भवनको निर्माण सम्पन्नको कागज बनाउन ८५ हजार रुपैयाँ लिएर ७३ हजार ५ सय रुपैयाँको मात्रै बिल दिएका थिए ।

स्कुल सञ्चालिका विराटनगर–७ मा मीना शाक्यले जग्गा भाडा लिएर नयाँ भवन बनाएकी थिइन् । भवनको निर्माण सम्पन्नको कागज बनाउन एकसाता यता महानगरपालिका धाइरहेकी उनीसँग कर्मचारीले सुरूमा १ लाख रुपैयाँ लाग्छ भनेका थिए । पछि ८५ हजार रुपैयाँमा मिलाइदिने भन्दै रकम लिएका थिए । मीनाले महानगरका कार्यालय सहयोगी बुधलाल सरदारलाई फाइल बुझाएकी थिइन् । आइतबार ८५ हजार रकम लिएर पोखरेलले ७३ हजार ५५५ रुपैयाँ राजस्व काटेर ११ हजार ४ सय ४५ रुपैयाँ राखेका थिए ।

विराटनगर महानगरपालिका ३ घर भएका खरिदार पोखरेल २०५४ सालयता महानगरपालिकामा कार्यरत छन् । पोखरेलले भने नियोजित रुपमा फसाइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij