२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

मेडिकल कलेज सञ्चालन गर्न माग गर्दै संसदमा विद्यार्थीहरुको नाराबाजी

मेडिकल कलेज सञ्चालन गर्न माग गर्दै संसदमा विद्यार्थीहरुको नाराबाजी

मेडिकल कलेज सञ्चालन गर्न माग गर्दै संसदमा विद्यार्थीहरुको नाराबाजी

बन्द भएको जानकी मेडिकल कलेज सञ्चालन गर्न माग गर्दै विद्यार्थीहरुले प्रदेश २ को संसद परिसरमा पुगेर बुधबार नाराबाजी गरेका छन् ।

पढाई नभएर कलेज बन्द हुँदा आफूहरुको भविष्य अन्योलमा परेको बताउँदै उनीहरुले व्यवस्थापनविरुद्ध प्रदेश २ को सदन अगाडि नाराबाजी गरेका हुन् ।

जानकी मेडिकल कलेजमा पढाई नहुँदा पानीसमेत खान नपाएको बताउँदै मनोज रजक र अमित सिंहको नेतृत्वको विद्यार्थीको समूहले तत्काल पढाई थाल्न माग गर्दै संसद परिसरमा नाराबाजी गरेको हो ।

प्रदेश सरकारका मुख्यमन्त्री र केन्द्रीय सरकारलाई समेत गुहार माग्दा सुनुवाइ नभएपछि आफूहरु संसदमै नाराबाजी गर्न आएको विद्यार्थीहरुले बताएका छन् । करिब एक सयको हाराहारीमा पुगेका विद्यार्थीहरुले चर्का नाराबाजी गर्दै तत्काल कलेज सुचारु हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij