२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

महिला हिंसाको घटना रोक्नका लागि सक्दो पहल गर्ने छु: उपसभामुख तुम्बाहाम्फे

महिला हिंसाको घटना रोक्नका लागि सक्दो पहल गर्ने छु: उपसभामुख तुम्बाहाम्फे

विराटनगर / प्रतिनिधि सभाउपसभामुख माननीय डा. शिबमाया तुम्बाहाम्फेले आफु जुनसुकै क्षेत्रमा क्रियाशिल रहेपनि राजनीतिसँग जोडिन आवश्यक रहेको बताउनुभयो ।

‘सामाजिक संघ संस्थाले गरेको कामलाई अन्तिम निष्कर्षमा पुर्‍याउने र मान्यता दिने काम दलहरुको भएकाले सबै जना राजनीतिमा जोडिन आवश्यक छ’ उहाँले जोड दिनुभयो । ओरेक नेपालको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

निकै लामो समयदेखि महिला अधिकार,मानव अधिकार,महिला मानव अधिकार रक्षकहरुको क्षेत्रमा सक्रिय रहँदै आउनु भएकी उपसभामुख तुम्बाहाम्फेलाई ओरेक नेपाल विराटनगरको हलमा अधिकारर्मीहरुले सम्मान गर्दै बधाई दिए। महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल मोरङमा तीन कार्यकाल अध्यक्ष तथा केन्द्रीय सदस्यको जिम्मेवारी समेत कुशलतापूर्वक सम्हाल्नु भएकोमा वक्ताहरूले प्रशंसा गरेका थिए। कार्यक्रममा उपस्थित अधिकारकर्मीहरुलाई आश्वस्त पार्दै उपसभामुख तुम्बाहाम्फेले महिला अधिकार रक्षाका लागि भुमिका खेल्न आफ्नो तर्फबाट कुनै कसर नछोड्ने बताउनुभयो ।

कतिपय ऐन कानूनमा महिलाहरुलाई होच्याउने शब्दहरु भएकाले त्यस्ता शब्दहरु खोजी गरेर आफुलाई झकझकाउन समेत सहभागी अधिकारकर्मीहरुलाई आग्रह गर्नुभयो।

उक्त कार्यक्रमपछि प्रेस चौतारी मोरङले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी एकीकरणपछि पनि सभामुख र उपसभामुख नफेरिने बताउनुभयो । सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था संविधानमा उल्लेख भए अनुसार सभामुख र उपसभामुख फरक फरक दलबाट निर्वाचित भएको कारण पछि पार्टी एकता भए पनि फरक नपर्ने बताउनुभयो।

उहाँले पत्रकारको जिज्ञासालाई साम्य पार्दै भन्नुभयो ‘महिला हिंसाको घटना रोक्नका लागि सक्दो पहल गर्नेछु ।’
संवैधानिक दायरामा रहेर सामाजिक परिवर्तन र आर्थिक समृद्धिकालागि आफ्नो भूमिका सकृय रहने उहाँको भनाइ थियो । सम्मान कार्यक्रम महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल मोरङका उपाध्यक्ष करुणा जोशीको अध्यक्षतामा तथा पत्रकार सम्मेलन प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij